- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर२२ क्षयरोगीका बिरामी

२२ क्षयरोगीका बिरामी

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ९ जेठ । सल्यानको कपुरकोटमा २२ जना क्षयरोगीका बिरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार क्षयरोग सम्बन्धी उपचार केन्द्रस्तरीय कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य संयोजक अरूण दाहालले यस्तो जनाएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म सिनवाङ स्वास्थ्य चौकी र रिम स्वास्थ्य चौकीमा पाँच÷पाँचजना र गर्पा तथा धनवाङ स्वास्थ्य चौकीमा चार/चारजना गरी १८ जना क्षयरोगीका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् ।
संयोजक दाहालका अनुसार गत वर्षका ३१ जना क्षयरोगीका बिरामीमध्ये २७ जना निको भएका छन् भने बाँकी चारजनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् ।
कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्जहरूले क्षयरोगको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्दै तथ्यांक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले टोल–टोलमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकाबाट क्षयरोगीहरूको खोजी, पहिचान भइरहेको जनाउँदै भेटिएका सबैलाई उपचारको दायरामा ल्याइएको बताए । उनले गाउँपालिकाका छवटै स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन नदिइएको बताए ।
शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, छवटै वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख, प्रतिनिधि लगायतको उपस्थिति थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here