- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsसुनौलीमा बिजुली बत्ती

सुनौलीमा बिजुली बत्ती

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ९ जेठ । सल्यानको सुनौली बजारमा विद्युत विस्तार गरिएको छ । जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ मा रहेका उक्त बजारमा विद्युत विस्तार गरिएको हो । बजारमा विद्युत नहुँदा प्रविधिको प्रयोगबाट बञ्चित भएका स्थानीयहरू विद्युत विस्तार भएपछि खुशी भएका छन् ।
बजार क्षेत्रका करिव २ सय घरधुरीका लागि ११ केभीको लाइन विस्तार गरिएको छ । चैत मसान्तसम्ममा विद्युत लाइन जडान गरिसक्नुपर्ने भएपनि लकडाउनका कारण काम प्रभावित भएको नोलाइट विद्युत कार्यालय सल्ली बजारका प्रमुख लोकमान शाक्यले बताए ।
विद्युत विस्तार भएसँगै बनगाड क्याम्पस, वडा कार्यालय, आसपासका क्षेत्रहरू लाभान्वित भएका छन् । बिजुली बत्ती जडान भएसँगै बनगाड क्याम्पसको क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई समेत सहजता भएको छ ।
यसैगरी कुपिण्डे नगरपालिका क्षेत्र र सुर्खेतको सिम्ता गाउँपालिकाका २ हजार घरधुरीमा विद्युत लाईन जडान गरेको प्रमुख शाक्यले बताए । सुर्खेतको बोटेचौरदेखि वनगाड र सिम्ता क्षेत्रमा ३३ केभीको विद्युत लाइन प्रसारण गरिएको छ ।
वर्षौँदेखि बिजुली बत्तीको पहुँचबाट टाढा रहेका स्थानीयहरू बजारमा बिजुली विस्तार भएपछि प्रत्यक्ष लाभान्वित भएको स्थानीय धनबहादुर सिंहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here