- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअवैध काठ बरामद

अवैध काठ बरामद

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ९ जेठ । डिभिजन वन कार्यालय दाङले ५० क्यूफिट अवैध सालको चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ हेक्राम ठाटीकोटका स्थानीय यमबहादुर विष्टको घरमा चिरान गरी राखेको ५२ थान सालको काठ बरामद गरेको सुनपुर सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विष्णु लामिछानेले जानकारी दिए ।
लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा वन कार्यालयबाट गएको गस्ती टोलीले बरामद गरेको हो । वन कार्यालयबाट कुनै अनुमति नलिई अवैध रूपमा काठ तस्कर गर्नेहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here