- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयविकास निर्माणमा लकडाउन

विकास निर्माणमा लकडाउन

- Advertisement -spot_img

सम्पादकीय
कोभिड–१९ को महामारीले विश्व नै अहिले त्रासमा छ । नेपालमा पनि लकडाउनको झण्डै दुई महिना बितिसकेको छ । यो लकडाउनको अवधिकांश विकास निर्माणको कामलाई सञ्चालन गर्ने सरकारी नीति पनि छ । केही कामहरूसमेत अहिले सञ्चालन भएको देखिन्छ ।
उद्योग, कलकारखाना, गौरवका योजनाहरू, विकास निर्माण तथा अतिआवश्यक उद्योगहरू सञ्चालन गर्ने नीति भए पनि विभिन्न कारणहरूले त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन । कार्यान्वयनमा लैजाने वातावारण राज्यले निर्माण गरिदिनुपर्छ ।
नीतिले मात्रै भन्दा पनि व्यवहार र वातावरणले यो अवस्थामा विकास निर्माणका काम र उद्योगधन्दाका काम हुने हो । त्यो अवस्थालाई सहज अझै पनि भएको देखिदैन ।
कामको वातावरण नहँुदा साना ठूला विकास निर्माणको कामले यो बीचमा गति लिन सकेको छैन । स्थानीय विकास गौरवका आयोजनाका विकासहरू प्रायः ठप्पजस्तै छन् ।
यस क्षेत्रलाई प्रभावकारी गौरवका आयोजनाहरूहरूको काम अहिलेसम्म बढ्न सकेको छैन । सामान्य तथा एक÷दुई दिनदेखि उपस्थिति मात्रै देखिएको छ । प्रदेश नं ५ का केही गौरवका आयोजनाहरूले मात्रैै सुरूदेखि नै गति लिइरहेका छन् ।
त्यसमा गौतम बुद्ध विमानस्थल हो । जुन निरन्तर निर्माणमा छ । धेरै आयोजना लकडाउनका कारण अलपत्र जस्तै छन् । मध्यपहाडी लोकमार्ग नेपालकै गौरवको आयोजना हो ।
यो अहिले लकडाउनकै कारण काम ठप्प पार्नुले गौरबका आयोजनाहरूमा लकडाउनले ठूलै प्रभाव पारेको देखिन्छ ।
निश्चित समयसम्म पूरा गरिसक्नु पर्ने कालोपत्रेको काम ठप्प हुँदा विकास मात्रै हैन त्योसँग जोडिएका सबै पक्षलाई प्रभावित बनाउँछ नै । निर्धारित समयमै काम सम्पन्न गरिसक्नु पर्ने भएपनि लकडाउनको कारण देखाउँदै लोकमार्ग अन्तर्गतका सबै काम ठप्प हुनु राम्रो हैन । त्यस्तै घोराही तुलसीपुर फोरलेन सडक पनि गौरवकै आयोजना हो ।
यहाँ पनि दुई महिना पूर्णरूपमा काम ठप्प भएको छ । अहिलेसम्मको लकडाउन अवधिमा यहाँको काम प्रगति भएको देखिएन ।
केही दिन अघिबाट मात्रै केही श्रमिकहरू देखिन थालेका छन् । सरकारको नीत हो भने यस्ता योजनाहरूको काम रोक्न नहुने हो । रोकिएका भए पनि तत्काल सुचारू हुनुपर्छ ।
लकडाउनका कारण घर गएका मजदुरहरू जबसम्म निर्माणस्थलमा पु¥याउन सकिदैन तबसम्म नीतिले मात्रै काम हुँदैन । तसर्थ विकास निर्माणको काममा जिम्मेवार भएर सबैले यसतर्फ चासो लिनैपर्छ ।
सबै खालका योजनाहरू निर्माण पूरा गर्ने गरी आवश्यक पूर्वाधार, सामग्री, जनशक्तिको ब्यवस्थापन गर्नेतर्फ लाग्नुपर्छ । निर्माण कार्य तोकिएको समयमा निर्माण गराउने अभियानमा लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here