- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsनेपालको नयाँ नक्सा

नेपालको नयाँ नक्सा

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ८ जेठ । नेपाल सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा आधिकारिकरूपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।
मन्त्री अर्यालको प्रस्तावमा मन्त्रिपरिषदले मंगलबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेका थियो । मुख्य सचिव लोकदर्शन रेग्मीले लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेपछि बुधबार सार्वजनिक गरिएको हो ।
मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले लिम्पियाधुरालाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरेका छन् ।
मन्त्रीको सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ ।
यो नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७ सय ५३ स्थानीय तह, ७७ जिल्लासमेत समेटिएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो ।
अब यो नेपालको नयाँ नक्सा भएको छ । जसमा भारतले अतिक्रमण गरेका गुन्जी, नाबी र कुटीलगायतका बस्ती समेटिएका छन् ।
नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु युगकै सर्वाधिक स्मरणीय क्षण भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।
बुधबार नेपालको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रूपमा मैले लिएको छु’, नक्सा सार्वजनिक गरेपछि सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन् ।
१८१६ को सुगौली सन्धीअनुसार कालीनदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि हाल नेपालमा प्रचलित नक्साहरूमा कालीनदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको उनले बताइन् ।
‘यो निर्णयले नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ’ भूमिसुधारमन्त्री अर्यालले भनिन्,
‘आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयासमार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौं । मित्रराष्ट्र भारतले सकारात्मक रूपमा लिनेछ भन्ने विश्वास लिएका छौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here