- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsराहत वितरण अपारदर्शी तथ्यांक फरक–फरक

राहत वितरण अपारदर्शी तथ्यांक फरक–फरक

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ८ जेठ । लकडाउन अर्थात् बन्दाबन्दीका कारण दैनिक ज्याला मजदुरी गर्ने वर्ग समस्यामा परेको छ । उनीहरूलाई स्थानीय सरकारले पहिलो चरणमा राहत पनि वितरण गरिसकेका छन् तर कतिपय वास्तविक समस्यामा परेका नागरिकले भने राहत पाउन सकिरहेका छैनन् । स्थानीय सरकारले भने ठूलो संख्यामा राहत वितरण गरेका छन् ।
दाङमा स्थानीय सरकारले करिब २८ हजारलाई राहत वितरण गरेको दावी गरेका छन । प्राप्त तथ्यांक अनुसार दाङका १० स्थानीय सरकारले २८ हजार ९८ परिवारलाई राहत वितरण गरेका छन् ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाले ८ हजार १ सय १५ परिवारलाई राहत वितरण गरेको छ । त्यसैगरी घोराही उपमहानगरपालिकाले ३ हजार ७ सय ३१, राप्ती गाउँपालिकाले ३ हजार ५ सय ३३ परिवारलाई राहत वितरण गरेको छ ।
त्यसैगरी लमही नगरपालिकाले ३ हजार २ सय ६८, गढवा गाउँपालिकाले २ हजार ९ सय ८६, राजपुर गाउँपालिकाले १ हजार ९ सय ७९, बंगलाचुली गाउँपालिकाले १ हजार ५ सय ८७ परिवारलाई राहत वितरण गरेको छ।
त्यसैगरी शान्तिनगर गाउँपालिकाले १ हजार १ सय ९५, बबई गाउँपालिकाले ९ सय ४५ र दंगीशरण गाउँपालिकाले ७ स ५९ परिवारलाई राहत वितरण गरेको केन्द्रको तथ्यांकमा छ ।
केन्द्रको तथ्यांकभन्दा स्थानीय तहले दिएको तथ्यांक फरक–फरक परेको छ । स्थानीय तहले हामीलाई प्राप्त तथ्यांकभन्दा बढी राहत वितरण गरेको दाबी गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा ८ हजार १ हजार १५ जनालाई राहत वितरण गरेको तथ्यांक भएपनि उपमहानगरपालिकाले भने ९ हजार जनालाई राहत वितरण गरेको जनाएको छ
उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले ९ हजार जनालाई राहत वितरण गरेको बताए । ‘अहिलेसम्म हामीले ९ हजार जनालाई राहत वितरण गरिसकेका छौँ’ उनले भने–
‘अहिले पनि विपन्न समस्यामा परेका जो अशक्त हुनुहुन्छ त्यस्तो व्यक्तिलाई राहत वितरण गरेका छौँ, त्यो तथ्यांक पहिलैकै हुनुपर्छ’ उपमहानगरपालिकाले वास्तविक समस्यामा परेका श्रमिक सकेसम्म सबैलाई समेट्ने प्रयास गरेको दाबी गरे ।
‘वास्तविक समस्यामा परेका श्रमिकलाई सकेसम्म छुटाएका छैनौँ’ उनले भने– ‘राहत लिनेको संख्या बढ्दै गएपछि अब श्रममा सहभागी हुन सक्नेलाई जति श्रममा सहभागी गराएर मात्रै श्रममा आधारित राहत वितरण गर्नका लागि श्रम बैंकको कार्यविधि बनाएका छौँ ।’ उनले श्रम गर्न नसक्ने अशक्त नागरिक भने श्रममा सहभागी नभएपनि राहत पाउने उनले बताए ।
घोराही उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख उमेश शर्माले करिब ४ हजार परिवारलाई राहत वितरण गरेको दाबी गरे ।
‘हामीले राहत वितरण गरेको संख्या ४ हजारभन्दा बढी नै रहेको छ, अहिले पनि राहत वितरण भइरहेको छ, संख्या अmभैm बढ्न सक्छ’ उनले भने– ‘केन्द्रको तथ्यांक नमिल्न सक्छ ।’ केन्द्रको तथ्यांक अनुसार करिब ३ सय घरपरिवार बढीलाई राहत वितरण गरेको तथ्यांक घोराही उपमहानगरपालिकाले दिएको छ ।
उपमहानगरपालिका र जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकमा समान हुन सकेको छैन् । केन्द्रको तथ्यांकभन्दा स्थानीय तहले धेरै परिवारलाई राहत वितरण गरेको तथ्यांक छ ।
बबई गाउँपालिकाले दिएको तथ्यांकमा पनि केन्द्र फरक देखिएको छ । गाउँपालिकाले ९ सय ४५ परिवारलाई वितरण गरेको तथ्यांक भएपनि गाउँपालिकाले १ हजार बढीलाई राहत वितरण गरेको दाबी गरेको छ ।
बबई गाउँपालिकाले एक हजारभन्दा बढीलाई राहत वितरण गरेको अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिए । ‘हामीले एक हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेका छौँ’, उनले भने–‘अहिले पनि राहत वितरण गरिरहेका छौँ, वितरण परिवारको संख्या अझै बढ्न सक्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here