- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsमध्यपहाडी लोकमार्गको काम ठप्प

मध्यपहाडी लोकमार्गको काम ठप्प

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ८ जेठ । मध्यपहाडी लोकमार्गको कालोपत्रेको काम ठप्प भएको छ । निर्धारित समयमै काम सम्पन्न गरिसक्नु पर्ने भएपनि लकडाउनको कारण देखाउँदै लोकमार्गअन्तर्गतका सबै काम ठप्प भएका हुन् ।
लकडाउनका कारण घर गएका मजदुरहरू काममा नर्फिएपछि काम अघि बढाउन समस्या भएको आयोजनाले जनाएको छ ।
यो राष्ट्रिय गौरवको आयोजना हो । लकडाउनका कारण रूकुम पूर्व–पश्चिम खण्डकोे काम रोकिएपछि सडक निर्माण कार्य तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ ।
सडक कालोपत्रेका लागि रूकुम पूर्वको भुमे पाथिहाल्नादेखि रूकुम पश्चिमको चौरजहारीसम्म १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडक खण्डमा सातवटा उपखण्ड कायम गरिएको छ ।
जसमध्ये दुईवटा उपखण्डअन्तर्गत ३२ किलोमिटर सडक गत वर्ष नै कालोपत्रे भईसकेको छ । तीनवटा उपखण्डभित्र पर्ने ६७ किलोमिटर सडक आगामी असार मसान्तभित्रमा सम्पन्न गरिसक्ने गरी काम सुरू गरिएको थियो ।
सरकारले विशेष सावधानी अपनाउँदै सडकको कामलाई निरन्तरता दिने निर्णय गरेपनि लकडाउनको कारण देखाउँदै अन्तिम चरणमा पुगेको काम ठप्प भएको हो ।
कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि साढे एक महिनादेखि लोकमार्गका सबै काम रोकिएका हुन् ।
दक्ष जनशक्ति नहुँदा अन्तिम चरणमा पुगेका कामहरू रोक्नुपरेको निर्माण व्यवसायी संघ रूकुम पश्चिमका अध्यक्ष समिरजंग मल्लले जानकारी दिए । उनले जनशक्तिका साथै अत्यावश्यक सामाग्रीहरू स्टक नहुँदा नियमित काम प्रभावित भएको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालय दैलेखका सब–इन्जिनियर तेजेन्द्रकुमार चन्दले सामाजिक दूरी कायम गरेर लोकमार्गको कामलाई पुनः सुरू गर्न सकिने बताए ।
उनले प्रविधिको प्रयोगमार्फत कालोपत्रेलाई प्रभावकारी बनाउँदै अगाडी बढाउन जरूरी रहेको भन्दै ‘उपकरण र नयाँ प्रविधिहरूको उपलव्धता हुने बताए ।
उनले भने– ‘यसर्थ यस्ता विकास निर्माणका कामहरूमा गुणस्तरीय मेसिन तथा उपकरणलाई विशेष प्राथमिकत दिन जरूरी छ ।’
लकडाउनका कारण घर गएका मजदुरहरू काममा नफर्किएपछि सबै कामहरू रोकिएको उनले बताए । उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको ईन्जिनियर चन्दले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here