- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर‘व्यवस्थापन गरिरहेका छौं’

‘व्यवस्थापन गरिरहेका छौं’

- Advertisement -spot_img

कोरोना संक्रमितको उपचार गर्न बेलझुण्डीमा कोरोना विषेश अस्पताल स्थापना भएको छ । अस्पतालमा पछिल्लो समय जिल्ला बाहिरबाट पनि संक्रमित आउन थालेपछि बिरामीको चाप पनि बढ्दै गएको छ । अस्पतालको व्यवस्थापनमा कमजोरी हुँदा वरपरका स्थानीयले विरोधसमेत जनाएका छन् । संक्रमण फैलन सक्ने भन्दै स्थानीय त्रसित पनि भएका छन् । पछिल्लो अवस्थालाई मध्यनजर गरी अस्पतालको व्यवस्थापनमा के कस्ता प्रयास भएका छन् ? बेलझुण्डी कोरोना विषेश अस्पतालका प्रमुख डा. सर्वेश शर्मा सँग गरिएको कुराकानी ।


१. अस्पतालमा अहिले कतिजना कोरोनाका बिरामी छन् ?

बेलझुण्डीको कोरोना विषेश अस्पतालमा अहिले १६ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालमा अहिले जिल्ला बाहिरका १४ जना बिरामी रहेका छन् । दुईजना दाङकै बिरामी रहेका छन् ।

२. अस्पतालले क्षमता कति हो ?

अस्पतालको क्षमता भनेको ८० जनासम्म राख्न मिल्ने हो ? अस्पतालमा ५० जनासम्म संक्रमित बिरामीलाई राखेर उपचार गर्न सकिने छ भने २० जना आशंका लागेका बिरामीलाई राख्न सकिने क्षमता हो । २० जना भनेको स्वाव टेष्ट गरेर रिपोर्ट नेगेटिभ आइसकेपछि अस्पतालमा केहीदिन बस्नुपर्ने हुन्छ । त्यस्तो अवस्थाका बिरामीलाई राख्न सकिने हो । त्यस्तै १० जना गम्भीर प्रकृतिका बिरामीलाई राख्न सकिने क्षमता हो ।

३. पछिल्लो परिस्थितिलाई मध्यनजर गरी क्षमता बढाउन के प्रयास भएका छन् ?

कोरोनाको महामारीबाट बच्नका लागि हामीले बेलझुण्डी कोरोना विषेश अस्पताल बनाएको हो । अस्पतालको सामान्य अवस्थामा एक सयजनासम्म राख्ने क्षमता भएपनि अहिले अवस्था जटिल बन्दै गएकाले क्षमता बढाउनुपर्छ भन्ने हामीलाई पनि लागेको हो ।
तर दाङमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्षमता बढाउन लागेको छ । यसअर्थमा पनि हामीले अहिले बेलझुण्डीको कोरोना विषेश अस्पतालको क्षमता बढाउने भन्ने सोंच छैन् ।

४. संक्रमितको निधन भएपछिको अवस्थालाई कसरी मध्यनजर गर्नुभएको छ ? त्यस्तो अवस्था नआवस् ।

छ, त्यस्तो अवस्थालाई मध्यनजर गरी अहिले घोराही उपमहानगरपालिकाले शबवाहन उपलब्ध गराउने कुरा छ । त्यसैगरी बेलझुण्डी संस्कृत विश्वविद्याललयले आफ्नो जग्गा जो पहाडतिरको छ । त्यस्तो अवस्था आइपरेमा सम्बन्धित वडा अध्यक्षसँगको समन्वयमा ति जग्गाहरूमा आ–आफ्नो संस्कार अनुसार शव विसर्जन गर्न सकिने पूर्वतयारी गरेका छौँ ।

५. उपचारसँगै सावधानी कसरी अपनाउनुभएको छ ?

अस्पतालमा विषेशगरी भित्र काम गर्ने डाक्टर, स्वास्थ्यकर्मीहरूले पिपिई लगाउने, सामाजिक दूरी कायम राखेर काम गर्ने, विश्व स्वास्थ्य संगठनले तोकेअनुसार नभएपनि सकेसम्म ति मापदण्डमा रहेर सावधानी अपनाएका छौँ ।

६. अस्पतालको व्यवस्थापनमा कत्तिको सहज छ ?

यस्तो विषम परिस्थितिमा भएका कारण हतार–हतारमा अस्पताल स्थापना गरेका छौँ । क्रमिक रूपमा सुधार गर्ने प्रयास भइरहेको छ । यहाँको साधन र स्रोतले भ्याएसम्म अस्पतालको व्यवस्थापन गरिरहेका छौँ ।

७. वरपरका नागरिकले असुरक्षित महशुस गरिरहेका छन् त ?

अब हामीले अस्पतालबाट निस्कने फोहर व्यवस्थापनका लागि खाडल बनाएर पुर्ने गरेका छौँ । केही दिन अघि ति खाडलमा नै कुुकुर तथा पशुहरू गएर खाएको कुरा स्थानीयले गरिसकेपछि फेरी थप व्यवस्थापन गरेका छौँ ।
वडा नम्बर १७ र १८ का वडा अध्यक्षसँगको समन्वयमा डोजर ल्याएर अहिले ठूलो खाडल बनाएका छौँ । जसले गर्दा केही सहज भएको छ , डराउनु पर्दैन, स्थानीय । हामीले सकेसम्म सुरक्षित कसरी बनाउन सकिन्छ ? भन्ने उपाय गरिरहेका छौँ ।

८. खानपानको व्यवस्थापन सही भएन् भन्ने गुनासो छ नि ?

होइन् त्यस्तो होइन् । अस्पताल परिसरमै खाने व्यवस्था गरेका छौँ, बाहिर खाने व्यवस्था भएको भए केही गाह्रो हुन्थ्यो तर त्यस्तो छैन् । अब कुरा रह्यो खानपान व्यवस्थापन गर्नेले सकेसम्म सतर्कता अपनाउनुभएकै छ । उहाँहरू स्वयम् आफैलाई पनि सचेतना भएका कारण यस्तो कुरामा हामीहरू गम्भीर छौँ ।

९. अस्पताल व्यवस्थापन समितिका उपप्रमुख किन निकालिनुभएको हो ?

अब यस्तो हो, यो विषय । खासगरी अस्पतालमा बिरामी नहुँदा उहाँलाई ठिकै थियो तर अहिले अस्पतालमा बिरामी आइसकेपछि वृद्धाअवस्था भएका कारण जोखिम हुन सक्छ भनेर उहाँकै सहमतिमा उहाँलाई जिम्मेवारीबाट हटाइएको हो ।
आराम गर्ने समयमा कामको चापमा पर्ने कुरा एउटा रह्यो, अर्को कुरा बिरामी बढ्दै जाँदा संक्रमणको जोखिम पनि भएकाले उहाँलाई आराम गर्नुस्, काम नगर्नुस्, सुरक्षित बस्नुस् भनेका हौँ, अरू त्यस्तो होइन् ।

१०. आयुर्वेद अध्ययन संस्थानको प्राचार्य कक्ष खाली गर्ने भनेपछि उहाँलाई हटाइएको हो ?

अब त्यस्तो होइन, केही कसुर निकालेर उहाँलाई हटाइएको होइन, उहाँलाई स–सम्मान बिदाइ गरिएको हो । आवश्यकता परेको खण्डमा बोलाउन सकिन्छ ।
तर अहिले पोजेटिभ केश देखिएका कारण र उहाँको उमेरको अवस्थाको कारण पनि घरमै बस्नुस् भनेर स–सम्मान बिदा गरेका हौँ ।

११. बिरामीमात्रै थप्ने कि व्यवस्थापन सुधार पनि थप्नुहुन्छ ?

अस्पतालको क्षमता रहेसम्म बिरामी आउँछन्, स्वभाविक कुरा हो, हामीले मानवीयताको हिसावले पनि यहाँको उहाँको भन्न मिल्दैन् । व्यवस्थापनमा सुधार गरिरहेका छौँ । विषम परिस्थितिमा निश्चित स्रोत र साधन भएको अवस्थामा पनि सुधार गरिरहेका छौँ ।

१२. दाङमै स्वाव परिक्षण गर्ने व्यवस्था छ, तर नेपालगञ्ज स्वाव पठाउनुहुन्छ किन हो ?

नेपालगञ्जमात्रै होइन, हामीले भैरहवा, काठमाडांै पनि पठाएका हौँ । अब अहिले दाङमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच शुरू भएपछि बाहिर पठाएका छैनौँ ।
प्रतिष्ठामामा पनि शुरू–शुरूमा केही कठिनाई देखिएका कारणले जिल्ला बाहिर नेपालगञ्ज पठाएका हौँ तर अहिले सबै स्वाव प्रतिष्ठानमै पठाइरहेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here