- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरमैले चिनेको तेजबहादुर बस्नेत

मैले चिनेको तेजबहादुर बस्नेत

- Advertisement -spot_img

कुनै पनि व्यक्ति विशेषको चर्चा एवं परिचर्चा आ–आफ्नै ढंग र तरिकाले गर्ने गरिन्छ । यसको कुनै शुत्र र सिद्धान्त हुँदैन । व्यक्तिगत हिसावले आफ्ना चाहना र कामनाका आधारमा कसैको कुरा काटिन्छ भने कसैको भजनकीर्तन गरिन्छ ।
आफ्ना व्यक्तिगत चाहना, कामना, स्वार्थ र भावनामा बगेर कसैको चर्चा गर्नु मूर्खता हुन्छ । हाम्रा सामाजिक मूल्य र मान्यता के हो ? भने २+२=४ हुन्छ । यो सबैका लागि हुने हो । कोही अमूक व्यक्तिका लागि ४ हुने र कुनै अमूक व्यक्तिका लागि ५ हुने सिद्धान्त होइन ।
अर्थात् दुई अंक शुभ र राम्रो मान्नेका लागि । ४ हुने र दुई अंक हुने अशुभ र हानी हुनेका लागि १ हुने कदापि होइन । चाहे त्यो मित्र होस्, चाहे त्यो शत्रु किन नहोस् । सबैका लागि व्यक्तिगत गुण र सत्यता सधैं प्रशंसनीय हुने गर्दछन् ।
सत्य कुरा कसैले नबोले पनि सत्य हुन्छ भने असत्य कुरा हजारौंले बोले पनि असत्य नै हुनेगर्छ । सबैका प्यारो कोही बन्न र भन्न सक्दैन । सबै व्यक्ति सबैका लागि मित्र बन्न पनि सक्दैन र सबै व्यक्ति सबैका लागि शत्रु बन्नु पनि सक्दैन ?
मित्र जतिले भजन गाउने र शत्रु जतिले धारे हात लगाउने हाम्रो समाजका लागि नौलो र अचम्म पक्कै होइन । यो चलिरहेको र चलाइरहेको संस्कार र परम्परा हो । भनिन्छ, मान्छे चिन्न किनै कठिन छ । जो कोहीले मान्छे चिन्न सक्दैनन् ।
सबैका लागि मान्छे चिन्ने शुत्र र सिद्धान्त प्रकाशन गरिएको पनि हुँदैन । यो त नितान्त व्यक्तिगत ढंगले आफ्ना मनोतरंगित भावना प्रक्षेपण गर्ने मात्र हो ।
हामीले बुझ्नुपर्ने सही कुरा के हो भने असललाई असल र खराबलाई खराब भन्ने आँट, हिम्मत र साहस नगर्ने हो भने हामी कहिल्यै माथि उठन् सक्दैनौ ।
कसैको प्रशंसा गर्दैमा त्यसको हुनमान बनिन्छ र कसैको खेदो खन्दैमा सिंह बनिन्छ भन्ने कुतर्तले डेरा जमाएको अवस्थामा समाज रूपान्तरण गर्न निकै गाह्रो छ ।
विरोध गर्नेलाई विरोधका आधार पनि थाहा छैन र समर्थन गर्नेलाई समर्थन गर्नेको आधार पनि थाहा छैन । हामी जहिले पनि आफ्नो स्वार्थ र चाहनालाई केन्द्रमा राखेर व्यक्तिको चर्चा परिचर्चा गर्ने गर्छौ । तर एउटा सामाजिक व्यक्ति होस्, वा राजनीतिक व्यक्ति होस् ।
ऊ सधैं समाज वा पार्टीप्रति सधैं प्रतिवद्ध रहने गर्दछ । यसरी समाज र पार्टीप्रति जिम्मेवारी हुँदा वा सिंगो समाज वा सिंगो पार्टीप्रति जवाफदेहिता हुँदा कहिलेकाहिँ कुनै व्यक्ति ओझेलमा पर्न र पारिन पनि सक्छन् ।
हिजोको सिंगो समाज र सिंगो पार्टीमा रहदा, बस्दा र काम गर्दा सबैको मन जित्न हरदम प्रयास गर्ने र आक्कल झुक्कल न्याय गर्न नसक्दा सधैं क्षमा याचनाको भागीदार बन्न एक असल व्यक्ति सबै हुन्छन् जस्तो लाग्दैन ।
नेताको नाममा कसैको नमस्कार नदेख्ने पनि हाम्रै समाजमा छन् । नेताको नाममा जनताको ‘ज’ नबुझ्ने पनि हाम्रै समाजमा छन् ।
नेताका नाममा आफूलाई हिरो ठान्ने पनि हाम्रै समाजमा छन् । नेताका नाममा आफ्नैलाई नाम र गाम सोध्ने पनि हाम्रै समाजमा छन् । नेताका नाममा आफूलाई देवीशक्ति ठान्ने पनि हाम्रै समाजमा छन् ।
नेताका नाममा अरूको अर्ति र सल्लाह ग्रहण नै गर्न नचाहने पनि हाम्रै समाजमा छन् । नेताका नाममा अरूको बोलीलाई पशुवाक्य ठान्नेहरू पनि हाम्रै समाजमा छन् । नेताका नाममा पद र प्रतिष्ठालाई पैतृक सम्पत्ति ठान्नेहरू पनि हाम्रै समाजमा छन् ।

एउटा व्यक्तिले पार्टी–पार्टी भनेर सिंगो जीवन दिन तर पार्टीले व्यक्तिका लागि जीवन रक्षा र जीवन बचाउको कुनै उपाय नगर्ने ? यो सदाका लागि दिगो होला ? यो सदाका लागि भरपर्दो होला ? मान्छे जति असल भएपनि उसलाई बचाएको यो देश र समाजका लागि केही काम गर्ला । उसलाई बचाउने हर प्रयास गरेका समाज र जनताका लागि केही काम गर्ला ? उसलाई बचाउने कुनै वास्ता र सरोकारै नगर्ने खाली व्यक्तिको भजनकीर्तन मात्र गरेर र त केही पनि अर्थ छैन ।


नेताका नाममा आफ्नो पद र कुर्सीलाई भगवानको बरदान ठान्ने पनि हाम्रै समाजमा छन् । नेताका नाममा सबैले मलाई मान्नुपर्दछ भन्ने भक्तिवादी पनि हाम्रै समाजमा छन् ।
नेताका नाममा कसैलाई हेपेर र दबाएर ठूलो बन्न चाहने पनि हाम्रै समाजमा छन् । नेताका नाममा स्याललाई लतारेर बाघ तर्साउने पनि हाम्रै समाजमा छन् । नेताका नामा आफूबाहेक अरूलाई नरूचाउने र न स्वीकार्ने पनि हाम्रै समाजमा छन् ।
तर तेजबहादुर बस्नेत आफैमा देशको एउटा पुरानो, शक्तिशाली, लोकप्रिय, प्रजातन्त्रवादी पार्टी भनेर चिनिने नेपाली कांग्रेसको एक चर्चित नेता हुनुहुन्थ्यो ।
उहाँमाथि कुनै पनि प्रकारको दम्भ, घमण्ड, लोभ, अहंकार, तृष्णा, बासना, रिस, राग, अहम्ता, अन्याय, अत्याचार, शोषण, दमान, घृणा, तिरस्कार र द्वन्द्व थिएन ।
एउटा नेपाली कांग्रेसको नेता जो सँग पद र पहुँच छ वा पदै नहुँदा पनि पहुँच छ, त्यस्तो व्यक्ति केटा–केटीका लागि पनि प्रिय हुनु भयो । युवा–युवतीका लागि पनि प्रिय हुनु भयो । प्रौढका लागि पनि प्रिय हुनुभयो र बृद्धबृद्धाका लागि पनि प्रिय हुनुभयो ।
नतोका को जुनसुकै हैसियतमा रहदा पनि उहाँको बानी, आचरण, बोलीचाली र हाउभाउमा कुनै परिवर्तन आएन । सबैलाई दया गर्नुभयो, माया गर्नुभयो, स्नेह गर्नुभयो, श्रद्धा गर्नुभयो । आफूले गर्नुपर्ने र कर्तव्यका आधारमा निभाउनुपर्ने भूमिका जति सबै निभाउनुभयो ।

तेजबहादुर बस्नेत खाली खुट्टा लिएर पैदल यात्रा गर्दा पनि आफूलाई कमजोर महसुस गर्नुभएन । तेजबहादुर बस्नेत ठाँटिएर र सजिएर कालो कारभित्र बसेर सवार गर्दा पनि कसैलाई घाँस बराबर ठान्नु भएन ।
कसैलाई ठूलो भनेर माथि चढाउनु भएन र कसैलाई सानो भनेर भुइँमा ओराल्नु भएन ।
आफू खाली जमिनमा बस्दा पनि पार्टी र समाजकै व्यक्ति ठान्नु भयो र आफू कुनै जिम्मेवारीको पद र कुर्सीमा बस्दा पनि पार्टी र समाजकै मान्नु भयो र जान्नु भयो । कसैसँग ईष्र्या र द्वेष गर्न गरउान र लिन–दिन चाहनु भएन ।
सबैका लागि र सधैंका लागि प्रिय बन्न चाहने तेजबहादुरको मनमा जनता र समाजप्रतिको मोह कहिल्यै टुटेन, फुटेन, चर्केन, दर्केन, उम्लिएन, पोखिएन, घोप्टिएन र रित्तिएन । निराशावादीका सधैं आशावादी बनेका तेजबहादुरको जीवन खोट लगाउने कसैले ठाउँ देख्छ भने त्यो पार्टीप्रतिको खोट हुन जानेछ ।
जीवनमा तेज बहादुरले एउटा ठूलो भूल गर्नुभयो, त्यो के हो ? भने आफ्ना लागि माग्न जान्नु भएन । आफ्ना लागि भन्न जान्नु भएन । आफ्ना लागि दम्काउन जान्नु भएन ।
आफ्ना लागि हकार्न जान्नु भएन । आफ्ना लागि खोक्न जान्नु भएन र आफ्ना लागि झुक्न र लम्पसार पर्न जान्नु भएन ।
तेजबहादुर बस्नेतको जीवनकालमा दायाँ लाग्ने मान्छे धेरै थिए होला । त्यस्तै बायाँ लाग्ने मान्छे पनि धेरै थिए होला । त्यस्तै अघि लाग्ने मान्छे पनि धेरै थिए होला, पछि लाग्ने मान्छे पनि धेरै थिए होला । तर ती कोही कसैसँग पनि आफ्ना बारेमा कुनै बेला अति गम्भीर भएर कुनै पनि कुरा माग्नु भएन र भन्नु भएन जस्तो लाग्छ ।
अरूका निम्ति सधै डट्ने, सधै भिड्ने, सधै लड्ने र सधै धाउने व्यक्ति आजको पछिल्लो अवस्थासम्म पनि आफ्ना लागि किन केही माग्न सक्नुभएन ? यो प्रश्न सदाका लागि उनुत्तरित हुनेछ । आफ्नो जीवनको माया कसलाई पो हुँदैन र ?
जीवनका हरेक क्षण र पलहरू पार्टीका लागि भन्दै व्यतित गर्दै गर्दा आफ्नो शारीरिक रोग र पीडाका बारेमा आफ्नै पार्टीभित्र, आफ्नै साथीभित्र, आफ्नै सहकर्मीभित्र र आफ्नै संगठन र मोर्चाभित्र गम्भीर वार्ता, छलफल, वहस र निर्णय गरेर जीवन भिक्षा माग्ने आँट किन गर्नु भएन ।
आफ्नो जीवन बचाउनको लागि तेजबहादुर बस्नेतले पार्टीसँग मागेको सहयोग न त स्वार्थी भनिन्थ्यो न त नेपाली कांग्रेसजस्तो ठूलो र ऐतिहासिक पार्टीले तेजबहादुर बस्नेतजस्ता लोकप्रिय व्यक्तिलाई जीवनदान दिएको अनर्थ नै हुन्थ्यो ।
यो अति सरल, सहज र सभ्य हुँदाहुँदै पनि यो नगर्नुले तेजबहादुरभित्र रहेको निःस्वार्थ भावनालाई झनै उचाईमा पु¥याएको छ । जन्मपछिको मृत्युलाई सहजै स्वीकार्ने र आफ्नो बल–बुँतामा भएको शक्ति र सामथ्र्यले मात्र बाँच्ने भन्ने आशयका व्यक्ति निकै कम मात्रामा हुने गर्दछन् ।
आजको पछिल्लो समयमा सामान्य हात काटेको, रूघाखोकी लागेको र ज्वरो बिग्रिएको अवस्थामा समेत जीवन बचाईदिन अनुरोध, अनुनय र विनय गरिरहेका बेला तेजबहादुर बस्नेत लामो समयदेखि मृगौला पीडित हुँदासम्म पनि कोही व्यक्ति, शक्ति, संगठन, पार्टी, मोर्चा,
दल, समूह, आफन्त, नातागोता, ईष्टमित्र, साथीभाइ, शुभचिन्तक र शुभेच्छुक लगायत परिवारभित्रै कुनै आशा र अपेक्षाको झिनो आशा नगर्नु र हार–गुहार नगर्नुलाई के भनेर उपमा दिने, जीवन र जगत बुझेका तेजबहादुर बस्नेतका लागि हृदयमा जे भएपनि यो कलियुगमा हाम्रो समाजका लागि तेजबहादुर बस्नेत प्रेरणाका खानी र स्रोत हुन् भन्दा कुनै अत्युक्ती नहोला ।
हुनसक्छ तेजबहादुरका मनमा सबैले आफैले जानेर, बुझेर, चिनेर, मेरो जीवनको रक्षा गर्न तल्लीन हुनेछन् र जुट्नेछन् । तर यो त नभनेर, नमागेर, नरोएर, नकराएर, नकुर्लेर त सम्भव देखिएन । समयका हिसाबले दुईचार दिनपछि मर्नुपर्ने नेता अघि नै मर्नुभयो ।
दुई–चार महिनापछि मर्नुपर्ने नेता अलि अघिनै मर्नु भयो र दुई–चार वर्षपछि मर्नुपर्ने नेता अलि छिट्टै मर्नुभयो । तर बसैको बाटो त त्यही नै हो । जानुपर्ने र हिड्नपर्ने तीतो सत्य बाटो त्यही नै हो ।
तर पनि मानिसका लागि अनेकौ उपाय तैनाथ भईरहेका बेला र अझ त्यसमा पनि तेजबहादुर बस्नेतजस्ता निष्पक्ष, निष्कलंक, निःस्वार्थ, विनयी र मृदुभाषी व्यक्तिका लागि अनेकौ उपाय र योजना हुँदासम्म पनि भाग्य र भरोसामा अडीक भएर आफ्नो जीवनको अन्तिम घडीलाई पर्खेर यो सामान्य व्यक्तिका लागि प्रयोगको कल्पना नै हुँदैन ।
आफ्नो जीवनको अन्तिम अवस्थालाई कुरेर र जीवन समर्पण गर्नु यो सबैका लागि सहनशील र धैर्यताको उपज होइन । त्यागी र समर्पणको भाव उत्पन्न नहुँदा सभ्य बन्न र भन्न मिल्दैन रे ! जसमा त्याग र समर्पणको भाव प्रष्ट देखिन्छ त्यो नै महान नेता हो भन्ने सुनेको थिए ।
आज आफ्नै जीवनमा देख्न र भोग्न पनि पाईयो । यसैगरी सबैमा यस प्रकारको भावना जाग्नु राम्रो पनि मानिन्छ र पार्टी र पार्टी संगठनका लागि भने यो प्रिय मानिदैन । किनभने यदि हिँजोको दिनमा आफ्नो जीवनको बैंस, उर्जा, शक्ति,
तेज, जोस जाँगर सबै लगाएर मेरो पार्टी भन्दै पार्टी र संगठनका पछि लाग्नै जाने र जीवनको अन्तिम घडीमा पार्टीले झुण्ड्याएको एकथान कपडाबाहेक अरू केही पनि नदिने हो भने भोलि पार्टीभित्र प्रवेश गर्ने व्यक्ति कहाँ जालान् ? पार्टी ठूलो बन्ला कसरी ?
पार्टीको हैकम चल्ला कसरी ? एउटा व्यक्तिले पार्टी–पार्टी भनेर सिँगो जीवन दिन तर पार्टीले व्यक्तिका लागि जीवन रक्षा र जीवन बचाउको कुनै उपाय नगर्ने ? यो सदाका लागि दिगो होला ? यो सदाका लागि भरपर्दो होला ? मान्छे जति असल भएपनि उसलाई बचाएको यो देश र समाजका लागि केही काम गर्ला ।
उसलाई बचाउने हर प्रयास गरेका समाज र जनताका लागि केही काम गर्ला ? उसलाई बचाउने कुनै वास्ता र सरोकारै नगर्ने खाली व्यक्तिको भजनकीर्तन मात्र गरेर र त केही पनि अर्थ छैन ।
व्यक्ति जो सुकै किन नहोस् र व्यक्ति जुनसुकै पार्टीको किन नहोस् यदि देश र समाजका लागि हितकर र कल्याणकारी व्यक्ति छ भने त्यस्ताको जीवन रक्षार्थ सिंगो देश र सरकार लागिपर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो ।
मान्छेको आयु र काललाई टार्न नसके पनि सामान्य बार–बन्धन त गर्न सकिन्छ नि ? सामान्य बार–बन्धनमा समेत ध्यान नदिने हो भने भोलि सबै नेता तथा कार्यकर्ताको पार्टीप्रतिको मनोबल घट्दै जानेछ ।
ठीकै छ, हामी सबैले मन पराएका र रूचाएका तेजबहादुर बस्नेतलाई यो धर्तीमा छोड्न भगवानले पनि चाहेनन् र उनले उठाएर टपक्कै टिपेर आफ्नो धाममा लगे साँच्चिकै हाम्रा सबैका नेताको दिवंगत आत्माले चिरशान्ति प्राप्त गरोस् ।
बैकुण्ठ वास प्राप्त गरोस् र उत्तमभन्दा उत्तम गति अर्थात् परमगतिको मार्ग प्राप्त गरोस् र हाम्रो लागि र स्वर्गीय तेजबहादुरको निम्ति यही श्रद्धा रहनेछ । तर नेपाली कांग्रेस भने चनाखो हुन निकै जरूरी छ र देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here