- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविभिन्न संघसंस्थाको सहयोग

विभिन्न संघसंस्थाको सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ८ जेठ । अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च दाङले सहयोग प्रदान गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरसबाट समस्यामा परेकाहरुलाई मञ्चले सहयोग प्रदान गरेको हो ।
स्थापना कालदेखि सामाजिक कार्यमा क्रियाशील रहँदै आएको मञ्चले कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका व्यक्ति तथा परिवारलाई प्रदान गर्ने गरी जिल्ला दैवी प्रकोप उद्दार समिति र अन्य गाउँपालिकालाई सहयो प्रदान गरेको अध्यक्ष शिव घर्तीले जानकारी दिए ।
यसैबीच मञ्चका अध्यक्ष शिव घर्ती र सल्लाहकार सविन प्रियासनले बुधबार जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक गोविन्दप्रसाद रिजाललाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
कोरोनाको प्रकोपका समस्यामा परेका परिवारलाई सहयोग हस्तान्तरण गर्न सुरु गरेको भन्दै अध्यक्ष घर्तीले मञ्चका कार्यक्रम सञ्चालनमा रहेका बबई गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकालाई १०/१० हजार रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।

महिला सामुदायिक लघुवित्तको सहयोग

यसैबीच दाङको घोराहीस्थित महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले खाद्य सामग्री सहयोग गरेको छ । संस्थाले स्थानीय तहहरुसँगको समन्वयमा वडा नं. १३ का ६५ घरपरिवारलाई खाद्य सामग्री सहयोग गरेको हो ।
संस्थाले लकडाउनको समयमा जीविकोपार्जनका लागि समस्यामा परेका परिवारहरुका लागि ५८ हजार ५ सय ४८ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
संस्थाले विभिन्न चरणमा दाङ, रोल्पा, प्यूठान, सल्यान लगायतका विभिन्न जिल्लाका विपन्न वर्गका परिवारक लागि स्थानीय तहलाई खाद्यान्न सहयोग गर्दै आएको संस्थाकी प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिईन् ।
उनले विपन्न परिवारहरुका लागि सहयोग गर्नु संस्थागत लक्ष्य रहेकाले यसलाई निरन्तरता दिने बताईन् ।
वडा नं १३ को समन्वयमा उनीहरुलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका वरिष्ठ प्रबन्धक लोकमणि रेग्मीले जानकारी दिए ।
संस्थाका सञ्चालन समिति, कर्मचारी, स्थानीय जनप्रतिनिधि, टोल समन्वय समिति, स्थानीय प्रहरी तथा टोल विकास समितिका अध्यक्षहरुको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here