- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसामुदायिक वनमा आगलागी

सामुदायिक वनमा आगलागी

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, ७ जेठ । गढवा गाउँपालिका वडा नं. ४ को सालझुण्डी सामुदायिक वनमा आगलागी भएको छ । मंगलबार दिउँसो १२ बजे लागेको आगलागी कोरोना नियन्त्रणको लागि परिचालित युवा तथा उपभोक्ताहरुको अगुवाईमा आगो निभाइएको थियो ।
लकडाउनको पूर्णपालना गराउन तथा कोरोना सचेतना फैलाउने उद्देश्यले गठित युवाहरुको टोली तथा सामुदायिक वनको उपभोक्ताहरुको सहभागितामा मंगलबार दिउँसो १२ बजे लागेको आगो निभाइएको सालझुण्डी सामुदायिक वनका अध्यक्ष राम लक्ष्मण शाहले जानकारी दिए ।
बिहान वनमै गस्ती गर्दा आगालागी नभएको बताउँदै शाहले लकडाउनको समयमा वनमा घुम्न जाने, खजुरी खान जानेहरुले चुरोट खाएर ठुटो ननिभाएर फाल्दा आगलागी भएको हुन सक्ने बताएका छन् । आगलागीबाट लगभग ५ हेक्टर क्षेत्रफलमा क्षति भएको छ ।
सुख्खा मौसममा डढेलो लाग्ने सम्भावना बढेकोले उपभोक्ताहरु जागरुक भई वन संरक्षणको लागि नियमित गस्ती र सचेतना फैलाउनका लागि सबै तदारुकताका साथ लाग्नुपर्ने डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण बिडारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here