- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरघर–घरमा धारा

घर–घरमा धारा

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ८ जेठ । बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौ समय लगाएर खानेपानी खोजेर जीविका चलाएका भलाखर्कका स्थानीयबासी अहिले घर–घरमा खानेपानी सुविधा पुगेपछि दंग छन् ।
वर्षाैदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य स्थानीयबासीलाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्ने कुरामा निकै पिरलो पर्ने गथ्र्यो। बनगाड कुपिण्डे नगरपालिका–६ भलाखर्कका स्थानीयबासीले घर–घरमा धारामा पानी पाएपछि दंग भएका छन् ।
खानेपानीका लागि निकै समस्या झेल्दै आएका स्थानीयबासीको अथक प्रयास र मेहनतपछि घर–घरमा पानी आएको स्थानीय खुमी पुरीले बताइन् ।
बिहान झिसमिसे उज्यालोमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या सदाका लागि हटेको पुरीले बताइन् । उनले भनिन् ‘बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता थियो ।
अहिले त घरमै धारा जडान छ ।’ ३० लाखको बजेटमा खानेपानी गाउँमा आएपछि ३५ घरधुरीभन्दा बढी परिवार लाभान्वित भएको भलाखर्क गैरागाउँ खानेपानी योजनाका अध्यक्ष मेवालाल बुढाथोकीले बताए ।
विगतमा खानेपानी नहुँदा घरको कामभन्दा खानेपानी बोक्ने समस्याले बढी सताउने गरेको उनले बताए । उनले भने ‘आफूहरुले पहिले कुलोको फोहर पानी पिउने गरेको र वर्षामा आकासे पानी संकलन गरेर पिउने गरेकोमा अहिले घर–घरमा खानेपानी आएपछि सफा र स्वच्छ पानी खान पाएका छौं ।’
पूवार्धार कार्यालय सल्यानको आर्थिक तथा खानेपानी कार्यालय सल्यानको प्राविधिक सहयोगमा गाउँदेखि तीन किलोमिटर टाढा रहेको सिस्ने खोलाबाट पानी ल्याएपछि खानेपानीको सुविधा पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here