- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयगौरब लाग्ने निर्णय

गौरब लाग्ने निर्णय

- Advertisement -spot_img

सम्पादकीय
भारतले कैयांै वर्षदेखि अतिक्रमण गरेको नेपाली भूभाग नेपाल सरकारले फिर्ता ल्याउने गरी नेपालको नयाँ नक्सा जारी गरेको छ । यो क्षण नेपालीका लागि गर्भिलो बनेको छ ।
छिमेकीले गरेको बल मिचाईलाई रोक्न सरकारले गरेको निर्णयले आम नेपालीलाई राष्ट्रियताका विषयमा बढी जिम्मेवारसमेत बनाएको छ ।
भारतले गरेको कुकृत्यको भण्डारभोर भइरहेका बेला नेपाली संसद, सरकार राजनीतिक दलहरूले गरेको एउटा आँटले नागरिकलाई उर्जा थपेको छ ।
आफ्नो सीमा रक्षाका लागि राष्ट्रले गर्ने निर्णयले नेपाली हुनुमा गर्वको अनुभूति नहुने त कुरा नै भएन । भारतद्वारा अतिक्रमित पश्चिमोत्तर सीमा क्षेत्रको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषद्बाट पारित गरेर बुधवार आधिकारिक रूपमा नै सार्वजनिक गर्दा आत्मावलसमेत बढाएको छ ।
कालापानी, लिपियाधुरा, लिपुलेक लगायतको नेपालको पश्चिमोत्तर भूभागलाई चर्चेको भारतलाई यो निर्णयले सबतसमेत सिकाएको छ । यही क्षेत्रलाई भारतले आफ्नो भूभागमा देखाएर नक्सा प्रकाशित गरेपछि नेपालमा चर्को प्रतिवाद भएको थियो ।
भारतीय ज्यादतीको विरोधका साथै नेपालले आफ्नो भूभाग स्पष्ट देखिने गरी राजनीतिक नक्सा छापेर सार्वजनिक गर्नुपर्छ भन्ने माग बढेको पनि थियो । नेपाल सरकारले भने जनस्तरको मागलाई खासै महत्व दिएको देखिएको थिएन ।
नेपालको सबै भूभाग समेटिएको आधिकारिक नक्सा छाप्न संसदीय समितिले दिएको निर्देशनसमेत सरकारले अटेर गर्दै आएको अवस्था थियो केही दिन पहिलेसम्म ।
यहि बीचमा भारतले त्यहि क्षेत्रबाट चीन जोड्ने सडक बनाएर उद्घाटनसमेत गरेपछि नेपाललाई आफ्नो भूभाग चिनाउन दवाव बढेको थियो । यहि दवावलाई थेक्न नसके र नेपालले त्यो भूभाग समेटेको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।
कोभिड–१९ को संकटकै बीचमा भूमिका बारेमा सरकारमाथि ठूलो दबाब परेकै हो । यो दवावलाई सरकारले राजनीतिक नक्सा प्रकासन गरेर अघि बढेको छ । यो कार्य सह्रानीय र गौरव गर्न लायक छ ।
तत्कालिन अवस्थामा नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मा सुगौली सन्धिमा भएको थियो । सुगौली सन्धिले पूर्वमा मेची नदीदेखि पश्चिममा महाकाली नदीसम्म नेपालको भूभाग कायम गरेको थियो । मेची पूर्व र महाकाली पश्चिमको ठूलो भूभाग नेपालले युद्धमा गुमायो ।
अहिले पनि भारतले मेची र महाकालीको सीमालाई स्वीकार गरेकै छ । तर, अंग्रेजहरूकै पालामा महाकालीको शिरका रूपमा रहेको काली नदीका बारेमा भने जालझेल सुरू गरिएको थियो ।
कालीको शिर भनेर कृत्रिम खोला बनाएर त्यस पश्चिमको भूभागमा भारतले कब्जा गर्दै आएको छ । यहि अवस्थामा सरकाले आफ्नो भूमि सहितको नयाँ नक्सा ल्याएको हो ।
नक्सामा मात्रै हैन अब भूभागलाई नै आफैले भोगचलन गरेर नेपाली सीमा रक्षाको लागि सुरक्षाकर्मी परिचालन गर्नसकेमा वास्तविक भूमि फिर्ता हुनेछ । नेपालमा यसमा आफ्नो आत्मबल प्रष्ट रूपमा देखाउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here