- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsप्रदेशमा विशेष चिकित्सक आउँदै

प्रदेशमा विशेष चिकित्सक आउँदै

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ जेठ । नेपाल सरकारले कोरोनाको उच्च संक्रमण भएका प्रदेशमा विशेष चिकित्सक खटाउने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रदेश नम्बर ५ र २ लाई केन्द्रित गरेर कम्तिमा १०/१० जना चिकित्सक सहितको स्वास्थ्य टोली तत्काल पठाउने भएको हो ।
संक्रमितहरूको संख्या धेरै देखिएका क्षेत्रमा परिक्षण दायरा बढाउने र विशेष स्वास्थ्यको टोली खटाइने प्रवक्ता देवकोटाले बताए । उनले सबैभन्दा बढी प्रदेश नम्बर ५ मा संक्रमित रहेको जानकारी दिए ।
५ नम्बर प्रदेशका १ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरेर प्रदेश नम्बर २ लाई समेत विषेश रूपमा हेरिएको र त्यहाँ पनि १० जनाको विशेष चिकित्सकीय टोली खटाउन लागिएको जानकारी दिए । ती चिकित्सकले जिल्ला र प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग पु¥याउने छन् ।

बाँकेमा व्यवस्थापनमै सकस

बाँकेमा थपिएका कोरोना संक्रमितहरूलाई दुई दिनको लामो छलफलपछि ५९ जनालाई २ छुट्टाछुट्टै स्थानमा राख्ने निर्णय भएको हो । उनीहरूलाई नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटल र कोहलपुरको कृषि तालिम केन्द्रमा राख्ने टुंगो लागेको हो ।
लायन्स डेन्टल अस्पताल खजुरारोडको आइसोलेसनमा २३ जना संक्रमित राख्ने विषयमा बिहान नै निर्णय भएको थियो । बाँकी संक्रमितलाई कोहलपुर लैजाने निर्णय भने दिउँसो मात्र भएको हो । सोमबार संक्रमित पुष्टि भएका उनीहरूलाई नरैनापुर गाउँपालिकाको अडानमा नेपालगञ्ज र कोहलपुरको आइसोलनमा राख्ने निर्णय भएको हो ।
सोमबार दिउँसो र साँझ गरी ५९ थपिएका संक्रमितहरू रातभर अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरूसँगै बसेका थिए । नरैनापुरमा सोमबार मात्र दिउँसो ४७ र बेलुका १२ जना कोरोना संक्रमित थपिएका थिए । यसअघि जेठ १ गते भेटिएका ८ संक्रमितलाई दाङमा ल्याएर उपचार गरिराखिएको छ ।

संक्रमितको संख्या ४०२

नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ । विभिन्न जिल्लामा गरी मंगलबार मात्रै २७ कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
उनीहरू २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले बताए । मंगलबार देखिएका २७ जनामध्ये २४ जना पुरूष र ३ जना महिला हुन् ।
संक्रमण थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरिरहेका छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । ३७ जना उपचारपछि निको भएका छन् ।

एकजना डिस्चार्ज

झापाका एकजना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उनी सोमबार निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनी २७औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

नर्सको रिपोर्ट नेगेटिभ

केही दिनअघि कोरोना संक्रमण देखिएकी कपिलवस्तु अस्पतालमा कार्यरत नर्सको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको दोस्रो र तेस्रो स्वाव रिपोर्ट नेगेटिभ आएको कपिलवस्तु अस्पतालले जनाएको छ ।
गत बैशाख ३० गते उनीसहित २९ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयले गत जेठ १ गते दोस्रो र ४ गते तेस्रो स्वाव नमूना संकलन गरी परिक्षणमा पठाएको थियो ।
दुबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको कपिलवस्तु अस्पतालले जनाएको छ । उनलाई आइसोलेसन वार्डमा निगरानीमा राखी विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार थप केही दिन निगरानीमा राखिने भएको छ ।
स्वास्थ्यकर्मीसँगै कार्यरत कपिलवस्तु अस्पतालका सबै चिकित्सक र स्वास्थ्य कर्मचारी तथा उनको घर परिवार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कपिलवस्तु अस्पतालका सबै कर्मचारी र चिकित्सकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सेवा बन्द गरिएको कपिलवस्तु अस्पताल बुधबारबाट नियमित रूपमा सञ्चालनमा आउने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here