- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsप्रतिष्ठानमा अन्य उपचार सेवा बन्द

प्रतिष्ठानमा अन्य उपचार सेवा बन्द

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ७ जेठ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाहेकको उपचार नगर्ने भएको छ ।
प्रदेश नं ५ मा कोरोनाको संक्रमण उच्च भएपछि प्रतिष्ठानलाई कोरोना उपचारमा महत्व दिन अन्य उपचारहरू हाललाई बन्द गरिएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिए ।
कोरोना बाहेकको उपचारका लागि अन्य अस्पतालहरूमा जान र बिरामीहरूको सहयोग गरिदिन अनुरोधसमेत उनले गरेका छन् ।
कोरोनाभाइरस संक्रमितहरूको स्वास्थ्य उपचारमा केन्द्रित हुँदै प्रतिष्ठानले बुधबारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेको हो ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले प्रदान गर्दै कोरोनाभाइरस उपचारबाहेक सम्पूर्ण बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेको हो ।
कोरोना संक्रमितहरूको उपचारका लागि चिकित्सकहरू खटिनुपर्ने भएकाले सबै उपचार सेवा बन्द गरिएको प्रतिष्ठानका कामु रजिष्ट्रार देवले बताए ।
उनले सर्वसाधारणहरूलाई सामान्य उपचारका लागि नजिकको स्वास्थ्य संस्था अथवा तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा जानसमेत बिरामीहरूलाई अनुरोध गरेका छन् ।
प्रतिष्ठानले कोरोनाका बिरामीहरूका लागि आईसियु वेड तयार गरेको यसअघि नै जानकारी गराईसकेको छ भने पिसीआर माध्यमबाट कोरोना परिक्षण गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here