Saturday, March 23, 2024
Homebreaking-newsतरकारी हब बन्दै रूकुम

तरकारी हब बन्दै रूकुम

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ७ जेठ । पछिल्लो समय पश्चिम रूकुम तरकारी हब बन्दै गएको छ । प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र व्यवस्थापनमा विभिन्न कार्यक्रमहरू ल्याएसँगै जिल्लाका अधिकांश क्षेत्रहरूमा तरकारी खेती गरिएको छ ।
जिल्लामा करिव ५ सय हेक्टर जमिनमा तरकारी खेती सुरू गरिएको छ । ६ स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा आलु, टमाटर, खुर्सानी, बोटेसिमी र मौसम अनुसारका अन्य तरकारीहरू उत्पादन गर्दै आएका छन् ।
प्रदेश सरकारले तरकारी खेती उत्पादनका लागि १ लाखदेखि ३ लाखसम्मको अनुदान प्रदान गर्दै आएको छ । कृषि क्षेत्रको उत्पादन र व्यवस्थापनका लागि सरकारले अनुदान उपलब्ध गराउने भएपछि किसानहरू नगदे र हिउँदे बालीमा भन्दा तरकारी खेतीमा सक्रिय देखिएका हुन् ।
जिल्लाको मुसिकोट नगरपालिकाका–९ वटा वडामा तरकारी खेती सुरू गरिएको छ । आठविसकोट नगरपालिकाको राडी, ज्युला, गत्तासैनामा लगायतका क्षेत्रहरूमा पनि तरकारी खेती गरिएको छ ।
त्रिवेणी गाउँपालिकाको रूघा, खारा, पेउघाका किसानहहरू पनि तरकारी उत्पादनमा सक्रिय देखिएका छन् । सानीभेरी गाउँपालिकाको हासिवाङ, पेदी, फुक्रु जिउला लगायतका क्षेत्रहरूमा पनि अहिले नगदे र हिउँदे बालीको सट्टा तरकारी उत्पादनलाई प्राथमिकता दिइएको छ ।
क्षेत्रमा प्रशस्त मात्रामा तरकारी खेती गरिन्छ । किसानहरूलाई तरकारी खेतीकै माध्यमबाट आत्मनिर्भर बनाउनका लागि स्थानीय तहमा रहेका गैरसरकारी कार्यालयहरूले समेत प्रोत्साहन स्वरूप विभिन्न सहयोगहरू गर्दै आएका छन् ।
तर पछिल्लो समय तरकारीमा अर्गानिकभन्दा रासायनिक मलको प्रयोग धेरै गरिने भएकाले यस विषयमा जिल्लाका कृषकहरू संवेदनशील हुन जरूरी रहेको कृषि विकाश शाखा कार्यालय बाँफिकोटका प्रमुख लाकेन्द्र ओलीले बताए ।
अहिले जिल्लाका विभिन्न क्षेत्रमा टमाटर, काक्रा, खुर्सानी, साग, लौका, फर्सी लगायतका तरकारीहरूको उत्पादन भईरहेको बताए । प्रशस्त लगानी लगाई उत्पादन गरिएका तरकारीहरूले बजार नपाउँदा तरकारी उत्पादकहरू निराश भएका छन् ।
लकडाउनका कारण बजार नपाउँदा उत्पादन गरिएका तरकारी बारीमै कुहिन थालेको कृषि प्राविधिक विनोद विष्टले बताए ।
तरकारीले बजार मूल्य नपाउँदा किसानहरूको परिश्रम खेर जाने गरेको हाँसीवाङ गाउँपालिका किसान नन्दराम विष्टले बताए । आफ्नो १० रोपनी जग्गामा तरकारी खेती गरेको बताउँदै उनले बारीमै तरकारी कुहिने र रोग लाग्ने समस्याले तरकारी किसानहरू मारमा परेको बताए ।
तरकारी खेतीबाटै मासिक ५० हजार बचत गर्दै आएका विष्टले संघ, प्रदेश र स्थानीय सरकारले किसानहरूका लागि किसानमुखी कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here