- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसबै अलपत्र नागरिक उद्दारः पाण्डे

सबै अलपत्र नागरिक उद्दारः पाण्डे

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ७ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काममा मात्रै संयमता र सुरक्षा अपनाएर घर बाहिर निस्कन अनुरोध गरेका छन् ।
नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण तिव्र गतिमा बढिरहेको उल्लेख गर्दै उनले लकडाउनको पालना नै कोरोनाबाट बच्ने एकमात्र विकल्प भएको उल्लेख गरेका छन् । लकडाउनको उल्लंघन हुँदै गएको प्रति दुःख व्यक्त गर्दै सबैलाई सचेत हुनका लागि उनले अनुरोध गरेका छन् ।
विज्ञप्ति जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।
‘गाउँ टोलमा जथाभावी भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउनुहोला’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोनाबाट जोगिनका लागि जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उच्च मनोवल र सकारात्मक सोंच राख्न सबैलाई सुझावसमेत दिएका छन् ।
भारतलगायत अन्य देशबाट आउने मान्छेलाई राख्नका लागि वडा तहमा पनि क्वारेन्टाइन निर्माणको काम अगाडि बढेको उल्लेख गर्दै विभिन्न ठाउँबाट आएका या शंकास्पद व्यक्तिका वारेमा तत्काल सूचना दिएर सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
नेपालको सीमामा भारत लगायतका विभिन्न देशबाट आएका तुलसीपुरका नागरिकलाई सहयोगका लागि पहल गरिरहेका उल्लेख गर्दै ९८५७८२९१११ र ९८५७८२१०४७ मा सम्पर्क गर्न आह्वानसमेत गरेका छन् ।
यसैबीच घोराही उपमहानगरपालिकाले सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरूका लागि उद्दार कार्य सुरू गरेको छ । उपमहानगरले नगरका प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरी भारतबाट सीमा क्षेत्रमा आइपुगेकाहरूको उद्दार गर्न सुरू गरेको हो ।
उपमहानगरले लकडाउनका कारण अलपत्र अवस्थामा रहेका नगरबासीहरूकलाई सीमा क्षेत्रमै उद्दार गर्न सुरू गरेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले जानकारी दिए । उद्दारका लागि उपमहानगरपालिकाले यातायातको समेत व्यवस्था गरेको छ ।
सीमा क्षेत्रबाट ल्याई उनीहरूलाई सम्बन्धित वडाको क्वारेनटाइनमा पु¥याउने काम सुरू भएको नगरप्रमुख चौधरीले बताए । अहिले नगर कार्यपालिकाबाट प्रत्येक वडामा क्वारेन्टाइन बनाउने काम समेत भईरहेको छ ।
लुकिछिपी र पैदल यात्रा आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिए पनि नगरभित्रका नागरिकको जिम्मा लिने निर्णय अनुसार उद्दार र क्वारेन्टाइनमा व्यवस्थापन गर्न सुरू गरिएको नगर प्रमुख चौधरीको भनाइ छ ।
घोराही उपहानगरकाभित्रका करिब १३ सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाहरूले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम गरिरहेका छन् ।
तत्कालका लागि करिब ५० जना अट्ने गरी क्वारेन्टाइन निर्माणको काम भैरहेको छ । नगरले आइतबारबाट कोइलाबास र कृष्णनगर नाकामा आएका नागरिकहरूलाई उद्दार गरेर ल्याउन बस परिचालन गरेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here