- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरदलित सेवाको राहत वितरण

दलित सेवाको राहत वितरण

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, ७ जेठ । दलित सेवा संघ सल्यानले विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संघले शारदा नगरपालिका वडा नं. १ का अति विपन्न ४३ घरपरिवारलाई राहत प्रदान गरेको हो ।
मंगलबार वडा कार्यालय र दलित सेवा संघ सल्यानको संयुक्त पहलमा वडामा रहेका बादी समुदायका विपन्न परिवारलाई १ हजार ७५ केजी चामल, ८६ केजी दाल, ८६ केजी नुन, ४३ लिटर तेल, ८६ वटा कपडा धुने र ४३ वटा हातधुने साबुन वितरण गरिएको संस्थाका अध्यक्ष दिल बहादुर परियारले जानकारी दिए ।
राहत सामग्री वितरण गर्दै अध्यक्ष परियारले जिल्लाका शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिका भित्र विभेदमा पारिएका समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
संस्थाले बादी समुदायको जीविकोपार्जन सुधार परियोजना सञ्चालन गरी ५ सय घरपरिवारलाई खाद्य तथा पोषण सुरक्षा प्रदान गर्दै आएको बताए ।
वितरण गरिएको राहत प्राप्त गर्दै शारदा गाउँपालिका वडा नं १ की सुशीला बादीले लकडाउनका कारण पुर्खौली पेशाले बजार नपाउने र गिट्टी बालुवाको काम रोकिएकाले परिवारमा खाद्य संकट आईपरेको बताइन् ।
यस्तै संस्थाले दलित समुदायहरूको जीविकोपार्जनका लागि गरिबी न्यूनीकरण परियोजना अन्तर्गत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाबाट प्राप्त तालिम तथा अनुदानमार्फत जिल्लाका बादी समुदायले खाद्यबाली उत्पादन, लघु उद्यमशीलता, घरबगैचा सुधार, तरकारी खेतीलगायतका सीप तथा आयमूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् । यस्तै वडा नं. १ का वडा अध्यक्ष नवराज बुढाथोकीले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here