Friday, March 29, 2024
Homeमुख्य खबरबैंकर्स क्लवको सहयोग

बैंकर्स क्लवको सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ६ जेठ । दाङको बैंकर्स क्लव अफ घोराहीले दश क्विन्टल चामल सहयोग गरेको छ । क्लवले घोराहीका चारवटा वडामा चामल सहयोग गरेको हो ।
सरकारले लगाएको लकडाउनका कारण विपन्न परिवारहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै क्लवले सहयोग गरेको हो ।
उपमहानगरका वडा नम्बर १४, १६, १७ र १८ लाई २ सय ५० किलोका दरले चामल सहयोग गरेको क्लवका अध्यक्ष पदमकुमार केसीले जानकारी दिए ।
घोराहीका बैंक तथा वित्तीय संस्थामा कार्यरत विभिन्न व्यक्तिहरूको सहयोगमा उक्त चामल विभिन्न वडाहरूमा हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए ।
क्लवले घोराही–४ गोग्लीस्थित दिनबहादुर खत्रीको परिवारलाई समेत खाद्यान्न सहयोग गरेको छ । खत्रीका छोराहरू अपांग रहेको र आर्थिक अवस्था कमजोर भएकाले क्लवले नगद १२ हजार ७० रूपैँयासहित खाद्यान्न सहयोग गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here