- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरपसलमा कुहिएको चामल

पसलमा कुहिएको चामल

- Advertisement -spot_img

प्रदेश टुडे
लमही, ७ जेठ । दाङको लमहीस्थित एक गल्ला पसलले बिक्री गरेको चामल कुहिएको फेला परेको छ । राजपुर गाउँपालिका वडा नं. ७ को भयरथान सामुदायिक वनका लागि बिक्री गरिएको चामल कुहिएको भेटिएको हो ।
सामुदायिक वनले लकडाउनका कारण प्रभावित भएका ८१ घरधुरीलाई राहत बाँड्नका लागि प्रतिबोरा १ हजार १ सय २५ रूपैयाँमा चामल खरिद गरेर लगेको थियो ।
गल्ला पसल सञ्चालकले स्याम्पल देखाएका जति बोराका चामल राम्रो, सफा र ताजा भएपनि बाँकी सबै बोराका चामल कुहिएको परेको सामुदायिक वनका अध्यक्ष चेत बहादुर ओलीले बताए । उनले चामलको रङ कुहिएर कालो भएको बताए ।
लकडाउनले गर्दा खाद्यान्न अभाव भएपछि सामुदायिक वन कार्यालयले स्थानीयलाई राहत वितरण गर्न १ लाख ५९ हजार ७ सय ५० रूपैयाँको चामल खरिद गरेर लगेको थियो ।
गत चैत महिनाको अन्तिममा बिरगंजबाट ८ सय ४० बोरा चामल ल्याउँदा राम्रो, सफा र खानयोग्य रहेको आरके सप्लायर्स सञ्चालक आनन्द कुमार गुप्ताले बताए । सप्लायर्समार्फत चामल बिक्रीका लागि गल्ला पसलमा लगिएका सबै चामल कुहिएको भेटिएको हो ।
सप्लायर्सको गोदाममा बाँकी रहेका ३१ बोरा चामल पनि कुहिएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । उनले चामल खरिद गरेर लैजानेलाई क्षतिपूर्ति हुनुपर्ने र कुहिएको चामल राखेको गोदाम सील गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here