- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयजग्गा संरक्षणमा वन

जग्गा संरक्षणमा वन

- Advertisement -spot_img

सम्पादकीय

जिल्लाको धेरै वन क्षेत्र अतिक्रमणमा रहेको छ । डिभिजन वन कार्यालय दाङले अतिक्रमित वन क्षेत्रलाई फिर्ता गराउने अभियान थालेको देखिन्छ । अभियान पहिलेदेखि नै थालिएको भए पनि कार्यान्वयनमा भने अहिलेसम्म आएको देखिदैन ।

यही अन्तर्गत तुलसीपुर–१ को जनता सामुदायिक वन क्षेत्रभित्र पर्ने अतिक्रमित जग्गालाई फिर्ता लिएर संरक्षण गरेको सार्वजनिक भएको छ । करिब ४ हेक्टर वन क्षेत्र स्थानीयले चर्चिदै आएकोमा वन कार्यालयले गरेको यो कार्य प्रशंसनीय नै छ ।

काँडेतार लगाएसँगै अब वन अतिक्रमण हुनबाट बचेको छ । संरक्षण नहुँदा दाङमा अहिले पनि थुप्रै वनक्षेत्र अतिक्रमण गरेर भोगचलन भइरहेको छ ।

ती ठाउँहरूमा पनि वन कार्यालयले आफ्नो सक्रियता देखाउन सक्नुपर्छ । वनक्षेत्र आसपासमा बस्ने नागरिकले सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि भोगचलन गर्दै आएकोमा अहिले वन कार्यालयलाई सकस पक्कै छ ।

वन क्षेत्रको जग्गा अतिक्रमण रोक्नलाई वन कार्यालयले देखाएको सक्रियतालाई आम उपभोक्ताले पनि साथ दिनुपर्छ । वनक्षेत्र मासिदै जाँदा प्रकृतिमा हुने अतिवृष्टि र अनावृष्टि बढ्दै गएको छ । अहिलेको परिस्थितिमा पनि वन कार्यालयले आफ्नो सक्रियता देखाएको छ ।

देशमा कोरोना महामारीले संकट निम्त्याइरहेको समयमा डिभिजन वन कार्यालयले अतिक्रमित जग्गा आफ्नो मातहतमा ल्याएर काँडेतारको काम गर्नु भनेको सह्रानीय छ ।

सुकुमबासीका नाममा वन अतिक्रमण गरेर बसेका नागरिकलाई वन कार्यालयलको कामले खबरदारी गर्नै पर्छ । यसका सबै सरोकारवाला पनि सहयोग र सहकार्य अनिवार्य हुनुपर्छ । वन कार्यालयको सक्रियता अझै बढाउन आवश्यक छ ।

दाङमा पछिल्लो समय वनक्षेत्र अतिक्रमण बढ्दै गएको अवस्थामा अब केही त्यस्ता अतिक्रमित वनक्षेत्र फिर्ता हुने आशा पलाएको छ ।

प्रकृतिलाई नै असन्तुलन हुने गरी बढ्दै गएको अतिक्रमणले मानव समुदायलाई नै जोखिम बढाउँदै गएको अवस्थामा वनक्षेत्रको संरक्षण हुन जरूरी छ । मानव समुदायलाई मानव समुदायले अप्ठेरो स्थितिमा ल्याउने अवस्था नै वन अतिक्रमण हो ।

अब वन कार्यालयसँगै वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता, वन महासंघलगायत वनक्षेत्रसँग काम गर्ने सम्वद्ध सबै निकायले सक्रियता बढाउन जरूरी छ ।

सकेसम्म वनक्षेत्रलाई काँडेतार गरी संरक्षण गर्ने, अतिक्रमित जग्गा फिर्ता गर्नेलगायतका काममा सम्बद्ध निकायले सक्रियता देखाएमा वन क्षेत्र फराकिलो बन्दै जाने देखिन्छ । अहिले वनक्षेत्र मासिदै जाँदा हाम्रा सन्तति संकटको चपेटामा पर्दै जानु हो ।

मानव समुदायलाई जीवित बनाउनका लागि वनक्षेत्रको ठूलो भूमिका भएपनि अधिकांश ठाउँमा मानिसहरूले वनको फडानी गरिरहेको अवस्था छ ।

वन संरक्षणका लागि स्थानीय सरकारले पनि आफ्नो सक्रियता देखाउनुपर्छ । खाली रहेका जमिनमा रूख रोप्ने, अतिक्रमित जग्गा फिर्ता गर्ने अभियानले सार्थकता पावस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here