Saturday, April 20, 2024
Homebreaking-newsकेरामा आशंका

केरामा आशंका

- Advertisement -spot_img

सपना बोहरा
घोराही, ६ जेठ । बजारमा छ्याप्ती–छ्याप्ती मालभोग केरा बेच्न थालिएको छ । बजारमा डोको, अटो रिक्सा र ठेला प्रयोग गरेर मालभोक केरा बेचिरहेका छन् ।
ति केरा कहाँबाट आएको हो ? भन्ने विषयमा उपभोक्ताहरूसमेत आशंका गरिरहेका छन् । कोभिड–१९को महामारी फैलिरहेको समयमा सबै नाकाहरू ठप्प भएको अवस्थामा बजारमा केरा आउन थालेपछि उपभोक्ताहरूले आशंका गरेका हुन् । केराको बाहिरी भाग हेर्दा पाकेको तर भित्रिभाग राम्रोसँग नपाकेको केरा बजारमा डुलाएरै बेच्न थालेका छन् ।
दाङमा केरा उत्पादनको अझै बजारीकरण हुन सकिरहेको छैन् । फलफूलमा परनिर्भर रहेको दाङमा छिमेकी जिल्ला वा भारतबाट लुकीछुपी आउन थालेको होकि भन्ने उपभोक्ताहरूको शंकाको विषय बनेको छ ।
दाङ केराको पनि परनिर्भर नै छ । जिल्लामा फाटफुट रूपमा केरा उत्पादन भएपनि बजारीकरण अझै हुन सकिरहेको अवस्था छैन ।
कृषि ज्ञानकेन्द्र दाङको अनुसार जिल्लामा करिब ३ सय हेक्टर जग्गामा केरा खेती गरिएको छ । त्यसमा ३५ सयदेखि ३६ सय मेट्रिक टन केरा उत्पादन हुने अनुमान रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । तर जिल्लामा कति खपत हुन्छ भन्ने एकिन डाटा भने कसैसँग छैन ।
दाङमा विलियम हाईव्रेट, जि–नाईन र मालभोग केरा खेती गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सन्देश धितालले बताए । ‘दाङमा स्थानीय उत्पादन पनि हुन्छ, धेरैजसो देउखुरी क्षेत्रमा केरा खेती हुन्छ’
केन्द्रका प्रमुख धितालले भने । ब्राहैमास केरा उत्पादन हुने र यो समय पनि केरा उत्पादन हुने गरेको उनले बताए । ‘केरा खेती दाङमा पनि भएको छ, तर बजारमा आएका केरा कहाँबाट आएको भन्ने विषय जानकार छैन’ धितालले भने ‘केही त स्थानीयमै उत्पादन भएका केरा पनि होलान् ।’
कोभिड–१९ को जोखिमबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लानै सिल गरेको जनाएको छ । तर घोराहीमा फलफूल व्यवसायी गर्दै आएका रामआचल गुप्ताले चितवनबाट केरा आउने गरेको उनले बताए । ‘मालभोग केरा चितवनबाट लिएर बेच्ने गरेका छौं’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले लगाएको नियम अनुसार नै हाप्ताको तीनदिन बेच्ने गरेको उनले बताए ।
बजार तथा गाउँमा डोकोमा बेच्न आउने व्यापारीहरू भने स्थानीय उत्पादन भएको बताउँछन् ।
‘गाउँमा उत्पादन भएको केरा हो, आफै खरिद गरेर ल्याएको हो’ डोकामा केरा बेच्न ल्याएका रामशरण रसाईलीले भने । कहाँ उत्पादन भएको र कुन ठाउँबाट केरा ल्याएको हो भन्ने प्रश्नमा रसाईलीसँग नै जवाफ हुन्न ।
‘प्रहरीले देख्यो भने डोकोसँगै केरा फालिदिन्छ, बन्दाबन्दीमा पनि यसरी डुलाएर बेच्न पाइदैन भन्छन्’ उनले भने ‘त्यही भएर डोकोमा बोकेर केरा बेच्ने गरेको छु ।’
बजार र बजार आसपासका गाउँहरूमा छ्याप छ्याप्ती केरा बेच्नेहरूको लहर नै छ । त्यो पनि मालभोग केरा मात्रै । त्यो बाहेक अरू जातिको केरा देख्न पाईदैन् ।
बजारका चोक–चोकमा थोरै–थोरै मात्रा भएपनि केरा बेच्न राखिएका हुन्छन् । घोराही बजारका फलफूल पसलमा अझै पनि स्याउसमेत बेच्न राखिएका छन् ।
आधा सटर मात्र बन्द गरेर स्याउ बेचिरहेका छन् । ‘बजारमा छ्याप–छ्याप्ती केरा बेच्न ल्याउँछन्’ घोराहीका चन्द्र बुढाले भने ‘कहाँबाट ल्याएको हो खान पनि डर लाग्छ ।’ अहिले बजारमा केराको नै धेरै डुलुवा व्यापारीहरू आउने गरेको उनले बताए ।
‘सबैले एउटै जातिको केरा लिन्छन्, स्थानीय उत्पादन भन्छन्’ उनले आशंका गर्दै भने ‘कतै लुकीछपी बाहिरबाट ल्याएर डोको, अटो रिक्सा प्रयोग गरेर बेचिरहेका त छैनन् ?’
डुलुवा व्यापारीहरूले केरा प्रतिदर्जन ८० रूपैयाँदेखि सय रूपैयाँसम्म बेच्ने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here