- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsभारतबाट फर्किएका नेपालीको बिजोग

भारतबाट फर्किएका नेपालीको बिजोग

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ६ जेठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका रोजगारीका लागि भारत पुगेका नेपालीहरूको अहिले सीमानाका रूपैडियामा बिजोग भएको छ ।
तीन दिन अघि घर फर्कने भनी सीमानाका रूपैडियामा आइ पुगेका उनीहरूको विजोग भएको बनगाड कुपिण्डे नगरपालिका–४ का महेन्द्र बुढाले जानकारी दिएका छन् ।
लकडाउनका कारण भारतमा गएको समयमा खाना बस्नको समस्या भएपछि ट्रक तथा बसमा फर्किएका उनीहरू अहिले सीमावर्ती पिजि कलेज बहराइच पाण्डेनगर जैतापुरमा राखिएको बुढाले बताए ।
यस क्षेत्रमा मात्र १ सय २३ जना रहेको र अन्य ठाउँहरूमा पनि थुप्रै नेपालीहरू ट्रक र बसमा आएकोले अहिले खाना बस्नको समस्या भएको उनले बताए । ‘लामखुट्टे टोकाईबाट न राम्रोसँग बस्न सकिन्छ ? न सुत्न नै’ उनले भने । त्यसमा झन राम्रोसँग खाना पनि नपाएको उनले बताए ।
लकडाउनका कारण भारतको विभिन्न स्थानबाट नेपालीहरू सीमानाकामा आउने क्रम ह्वात्तै बढेको छ । दैनिक भारतीय ट्रक, बसले नेपालीहरूलाई सीमानाकामा ल्याउँदै छाड्दै गर्ने गरेको छ ।
सीमानाकामा आएर नेपाल भित्रिन नपाएका नेपालीहरूको अवस्था विजोग वनिरहेको छ । खाना र बस्न समेतको उनीहरूलाई व्यवस्थापन नहुँदा दैनिकी कष्टकर बनेको बुढाको दुखेसो छ ।
यसैबीच नगर प्रमुख गोविन्द कुमार पुनले भने एक हप्ता सीमानाकाको क्वारेन्टाइन राख्ने र त्यहाँ स्वास्थ्य परिक्षणपछि सम्बन्धित ठाउँको जिल्ला प्रशासनले जुन ठाउँका व्यक्ति छन् सोही जिल्ला प्रशासनलाई खबर गर्छ ।
अनि मात्र आफ्ना नागरिकहरूलाइ सुरक्षित ल्याएर १४ दिन क्वारेन्टाइन राखेर स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाउन सकिने बताए । उद्धारको लागि आफूले पहल गरिरहेको समेत बताए ।
प्रमुख जिल्ला अधिकारीको समन्वय मात्र ल्याउन सकिने नगर प्रमुख पुनले बताए । त्यसरी ल्याएमा कोरोनाबाट थप सुरक्षित हुन सक्ने उनले बताए ।
सम्बन्धित जिल्ला र स्थानीय तहलाई यथाशक्य चाँडै उद्दार गरिदिन उनीहरूले अपिल गरेका छन् । कोचाकोच गरि बस्नुपर्ने बाध्यताका कारण समस्या समेत निम्तिने उनीहरूको भनाइ छ । सीमानाका रूपैडिया आइपुगेका उनीहरूलाई ४ किलोमिटर भारतकै स्थानमा राखिएको छ ।
मजदुरी गर्न भारत पुगेका उनीहरू काम गर्ने ठाउँमा समेत खान नपाउँदा बाध्य भएर ट्रकहरूमा कोचिएर धमाधम आउन थालेका छन् । उक्त समस्या समाधानका लागि नेपाल सरकारलाई जतिसक्दो चाँडै पहल थाली नेपाल भित्र्याउन अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here