- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरअसहाय बालबालिकाका लागि घर निर्माण

असहाय बालबालिकाका लागि घर निर्माण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ६ जेठ । असहाय बालबालिकाहरुका लागि घर निर्माण कार्य सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँबस्तीमा बसोबास गर्दै आएका असहाय बालबालिकाहरुको लागि दुई लाखको लागतमा घर निर्माण गर्न लागिएको हो । घरको सोमबार शिलान्यास गरिएको छ ।
विगत तीन वर्षदेखि बेसहारा जीवन विताई रहेका १२ वर्षिय तिला पुन र ६ वर्षिय टिकाराम पुनका लागि घर बनाउन सुरु गरिएको छ । वडा कार्यालय र समाजसेवी जयराम ओलीको सहकार्यमा घर निर्माण गर्न लागिएको हो ।
बुवा जेल चलान भएकै वर्ष घर भत्किएपछि उनीहरु टिनले बारेको घरमा बस्दै आएका थिए । टिनले अत्याधिक पोल्ने, हावाहुरी र वर्षातको कारण बस्न समस्या भएपछि छिमेकीहरुको घरमा बस्दै आएको बालिका तिला पुनले बताइन् ।
‘भएको घर पनि भत्किएपछि कहिले कता, कहिले कता बस्दै आएका थियौँ’ उनले भनिन्– ‘घर बन्ने भएपछि धेरै खुशी छु, अब त आफ्नै घरमा बस्न पाइने भयो ।’ आमाको हत्या गरी बुवा कारागार चलान भएपछि उनीहरु तीन वर्षदेखि छिमेकीहरुको सहारामा बस्दै आएका छन् ।
छरछिमेकका घरमा बस्दै आएका उनीहरुका लागि आवश्यक टिन र खाद्यान्न वडा कार्यालयले उपलव्ध गराएको वडा नं. ४ का वडा सदस्य जयबहादुर गिरीले बताए । उनले बालबालिकाहरुको सहयोगका लागि उपनगरपालिकामा पहल गर्ने तयारी भइरहेको बताए ।
मदन भण्डारीको व्यवस्थापनमा घर बनाउन सुरू गरिएको छ । यसका साथै बालबालिकाहरुको पढाइ र अन्य खर्चको लागि प्रदिप विवश भण्डारी र एचआर मगरले आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here