- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsब्लड बैंकलाई थर्मगन सहयोग

ब्लड बैंकलाई थर्मगन सहयोग

- Advertisement -spot_img

दाङ, ५ जेठ ।
जिल्लामा रहेका रक्तसञ्चार केन्द्र (ब्लड बैंक)लाई थर्मगन सहयोग गरिएको छ । रगतको लागि कार्यालयमा जानेहरुको स्वास्थ्य अवस्था बुझ्न तथा कोभिड–१९को महामारीको नियन्त्रणको सहयोगका लागि नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको घोराही र तुलसीपुरका रक्तसञ्चार केन्द्रहरुलाई ज्वरो नाप्न प्रयोग हुने थर्मगन सहयोग भएको हो ।

स्थानीय अटो व्यवसायी अजमल खान (छोटु ग्यारेज अटोभिलेज)ले तुलसीपुर रक्तसञ्चार केन्द्रलाई र युवा नेता अमित शर्माले घोराही रक्तसञ्चार केन्द्रलाई एक÷एक थान थर्मगन सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीले बताए ।

यसैबीच घोराहीमा रहेको युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउसका सञ्चालक बालकुमार घर्तीकी छोरी रोजी घर्तीको जन्मदिनको अवसरका रेडक्रस सोसाईटीलाई थर्मगन एकथान प्रदान गरेका छन् । जन्मदिनको खर्च कटाएर मानवीय सेवाका लागि सहयोग गरिएको रोजीले बताइन् ।

दाताहरुले शाखा सभापति नारायण आचार्यलाई थर्मगन हस्तान्तरण गरेका हुन् । सभापति आचार्यले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा मन्त्री प्रकाश श्रीबन्द, शान्तिनगर शाखा सभापति विमल केसी, जिल्ला सदस्य भीमलाल मरासिनीलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here