- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsअवैध सालको काठ बरामद

अवैध सालको काठ बरामद

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ जेठ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यूफिट भन्दा बढी चिरान काठ बरामद गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आँगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।
लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले बरामद गरेको हो ।
भौगोलिक दृष्टीले घोराही उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन’ सहायक वन अधिकृत चौधरीले भने– लकडाउनको मौका छोपी बिक्री गर्ने उद्देश्यले काटिएको हुनसक्छ । गस्ती टोली आउँदै गरेको सूचना पाएपछि घधनी बुढा भागेको कार्यालयले जनाएको छ ।

दुईवटा घोरलको छाला बरामद

सालको काठसँगै वन गस्ती टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुईवटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।
दुबै घटनाबारे छानबिन भइरहेको र दोषीलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलग–अलग समूह बनाई वन गस्तीलाई तिव्र पारेको छ ।
लकडाउन अवधिको अहिलेसम्म विभिन्न दर्जन बढी घटनामा दुई दर्जन बढीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here