Thursday, April 18, 2024
Homeमुख्य खबरअफिम खेती नष्ट

अफिम खेती नष्ट

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पूर्व), ५ जेठ ।

अवैध रूपमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । पूर्वी रूकुमको पुथाउत्तर गंगा गाउँपालिकाको अङगाउँमा साढे तीन रोपनी जग्गामा अवैध रूपमा लगाईएको अफिम नष्ट गरिएको हो । प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उक्त अफिम नष्ट गरेको हो ।

यसैगरी गाउँपालिकाको मुडारस्थित फलवाङ जंगलमा ९ रोपनी जग्गामा अवैध रूपमा लगाएको अफिम प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रन्मामैकोट र प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले उक्त अफिम नष्ट गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here