- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री

ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ जेठ ।

दाङमा ट्राफिक प्रहरीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कारोना संक्रमणको जोखिम न्यूनीकरणका लागि अहोरात्र खटिएका ७५ जना ट्राफिक प्रहरीलाई विभिन्न संस्थाहरूले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

सोनापुर सिमेन्ट उद्योग, लायन्स क्लव, तुलसीपुर उद्योेग वाणिज्य संघलगायतका विभिन्न संघसंस्थाहरूले ट्राफिक प्रहरीहरूलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराएका हुन् । सुरक्षा सर्तकताका लागि मास्क, पञ्जा र सेनिटाइजरलगायतका सामग्रीहरू ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीलाई हस्तान्तरण गरिएको छ ।

रेग्मीले आफू मातहतका विभिन्न स्थानमा खटिएका प्रहरीहरूलाई उक्त सामग्रीहरू वितरण गरेको बताए । उपलव्ध गराईएका स्वास्थ्य सामग्रीले जोखिम मोलेर सेवामा खटिने सुरक्षा निकायलाई थप प्रोत्साहन मिलेको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here