- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsक्वारेन्टाइनमा आयुर्वेदिक औषधी

क्वारेन्टाइनमा आयुर्वेदिक औषधी

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, ५ जेठ ।

 दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई आयुर्वेदिक औषधी प्रदान गरिएको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका उनीहरूलाई राप्ती आयुर्वेदिक चिकित्सालयले शक्तिवद्र्धक आयुर्वेदिक औषधी उपलव्ध गराएको हो ।

भारतबाट घर फर्कने क्रममा क्वारेन्टाइनमा बसेका २१ जनालाई शारीरिक तथा मानसिक स्फूर्तिका लागि चिकित्सालय तुलसीपुरले चूर्ण प्रदान गरेको

डा. मदन कसमार विसीले जानकारी दिए । उक्त औषधीले रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्ने डा. बिसीले बताए । गुडुची चूर्ण, लहरेगुर्जो, अशोकगन्धा, आमलकी चूर्णको सेवनले विभिन्न रोगबाट बच्न सहयोग पुग्ने कविराज कैलाश न्यौपानेले जानकारी दिए ।

राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानीय जडिबुटीको प्रयोग तथा पहिचान गरी चिकित्सालयले औषधीसहित डाक्टरहरूको परामर्श टोली गाउँपालिकाको क्वारेन्टाइनमा पठाएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here