- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबररेडियोबाट अध्यापन शुरू

रेडियोबाट अध्यापन शुरू

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ जेठ ।

 दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले दाङमै पहिलोपटक रेडियोबाट पढाउन थालेको छ । विद्यालयले आइतबार बिहान ११ बजेदेखि रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जबाट पढाउन सुरू गरेको छ ।

बन्दाबन्दीका कारण विद्यार्थीहरू विद्यालय आउन नसकिरहेको बेलामा रेडियोबाटै पढाउन सुरू गरिएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिए । विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म पालैपालो रेडियोबाट अध्यापन गराउने उनले बताए ।

रेडियोबाट दूरदराजका बस्तीका विद्यार्थीलाई पनि सहज हुने भएकाले विद्यालयले दाङमै पहिलो पटक अध्यापन गराउन सुरू गरेको प्रधानाध्यापक भण्डारीले बताए । उनले सबै विद्यार्थीले रेडियो सुनेरै अध्ययन गर्न सक्ने बताए ।

उनले कतिपय विद्यालयले अनलाइन अध्यापन गरेपनि शुल्क लिने गरेको बताउँदै हाम्रो पहुँच सेकेन्डरी विद्यालयको नीति त्यस्तो नभएको बताए । जुनकुनै अभिभावकले रेडियोबाट पनि आफ्ना बालबालिकालाई अध्ययनमा जोड्न सक्ने भएका छन् ।

बन्दाबन्दीको समयमा पनि बालबालिकालाई सिर्जनात्मक बनाउनु आवश्यक रहेको बताउँदै प्रधानाध्यापक भण्डारीले रेडियो कक्षाबाट लाभ लिन आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here