- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरस्वास्थ्य सामग्री वितरण

स्वास्थ्य सामग्री वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ जेठ ।
सिड संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले दुईलाख बराबरको सामग्री गाउँपालिकाका स्वास्थ्य शाखालाई प्रदान गरेको हो ।
दाङ कोरोना महामारीको उच्च जोखिममा रहेको भन्दै संस्थाले आईएम नेपालको सहयोगमा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
प्रत्येक गाउँपालिकालाई एक लाख बराबरको सामग्री उपलब्ध गराईएको संस्थाका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए ।
सिड संस्थाले आइतबार दुई गाउँपालिकाका लागि २ वटा थर्मल गन, ८ वटा पिपिई, ६२ थान सर्जिकल माक्स र ६३ थान ग्लोब्स प्रदान गरेको हो
उक्त स्वास्थ्य सामग्रीहरू सिडका कार्यकारी निर्देशक भागीराम चौधरीले शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुन,
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकलाई संयुक्त रूपमा २ वटा थर्मल गन, ८ पिपिई, २२ थान सर्जिकल माक्स र २१ थान ग्लोब्स हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी दंगीशरण गाउँपालिकाका स्वास्थ्य संयोजक दशरथ गिरी र गाउँपालिका अध्यक्ष भागीराम चौधरीलाई संयुक्तरूपमा ४० थान सर्जिकल माक्स, ४२ थान ग्लोब्स र ७ वटा पिपिई हस्तान्तरण गरिएको छ ।
यसैबीच संस्थाले दंगीशरण गाउँपालिकाका विपन्न एक सय घरलाई दाल, चामल, नुन र तेल राहतस्वरूप सहयोग गरेको कार्यक्रम संयोजक चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here