- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबैंक खुल्ने समय निर्धारण

बैंक खुल्ने समय निर्धारण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर,५ जेठ ।

 दाङमा बैंक खुल्ने समय निर्धारण गरिएको छ । जिल्लाको तुलसीपुर, घोराही र लमही क्षेत्रका बैंक तथा वित्तीय संघसंस्था खुल्ने समय र बार निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तीय संस्थाहरू खुल्ने समय तोकिएको हो ।

बैठकले तुलसीपुरका बैंकहरूलाई आइतबार, मंगलबार र बिहिबार बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न दिइने निर्णय गरेको छ । घोराही र लमही क्षेत्रका बैंकहरू साताको दुईदिन सोमबार र बिहीबार बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।

कोरोना संक्रमणको रोकथामका लागि अपनाईएका सावधानीलाई अनिवार्य पालना गर्दै सेवा लिन र सेवा दिनसमेत समितिले आग्रह गरेको छ । प्रशासनले बैंक तथा वित्तीय संस्थाहरूलाई भिडभाड हुन नदिन र भौतिक दूरी कायम गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here