- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबर२५ जनाको स्वाव संकलन

२५ जनाको स्वाव संकलन

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम, ५ जेठ ।

पश्चिम रूकुमको सानीभेरी गाउँपालिकाका २५ जनाको स्वाव संकलन गरिएको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका उनीहरूको पिसीआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।

विभिन्न जिल्लाबाट गाउँपालिकामा आएका व्यक्तिहरूलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाव संकलन गरी सुर्खेत पठाइएको सानीभेरी गाउँपालिकाका स्वास्थ्य संयोजक छबिलाल केसीले जानकारी दिए ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट घनश्याम गिरीको नेतृत्वमा आएको टोलीले स्वाव संकलन गरि सुर्खेत लगिएको संयोजक केसीले बताए । गाउँपालिकामा अहिलेसम्म १ सय २६ जनाको आरडिटी परिक्षण र ४१ जनाको पिसीआर परिक्षण गरिएको छ । हालसम्म कसैको पनि रिपोर्ट पोजेटिभ नदेखिएको संयोजक केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here