- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरशान्तिनगरका १५ जना क्वारेन्टाइनमा

शान्तिनगरका १५ जना क्वारेन्टाइनमा

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, ४ जेठ ।

 दाङको शान्तिनगर गाउँपालिकाका १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाको विपी मावि बयालेको क्वारेन्टाइनमा उनीहरूलाई भर्ना गरिएको हो ।

क्वारेन्टाइनमा राखिएका मध्ये वडा नम्बर १ का एकजना र वडा नम्बर ३ का दुईजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए । अन्य १२ जना देशका विभिन्न जिल्लाबाट आएका थिए ।

यसैबीच गाउँपालिकाले वडा नम्बर २ मा १० बेडको आइसुलेसन सेन्टर सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष कमान सिहं डाँगीले बताए । जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि गाउँपालिकाले आइसुलेसन बेड निर्माण गर्ने भएको हो ।

यसका साथै गाउँपालिकाको वडा नम्बर ३ लाई आइतबारदेखि सिल गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनीकरणका लागि वडालाई सिल गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here