- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयगम्भीरताको खाचो

गम्भीरताको खाचो

- Advertisement -spot_img

सम्पादकीय

यत्रतत्र कोरानाकै बहस छ । लकडाउनको दुई महिना पुग्दै गर्दा कोरोनाभाइरसको गति नेपालमा तिव्र छ । लकडाउन कार्यान्वयन, व्यवस्थापन, संक्रमण सूचना र तथ्यांक सार्वजनिकीकरणमा केहि न केहि हरेक दिनजसो गल्ती पाइन्छ । सरकार, मिडिया, नागरिक प्रशासन सबैबाट यस्तै छ ।

सुरू–सुरूमा सत्यतथ्यमा आधारित सूचना आइरहेका समयमा आधिकारिक निकायले नै पछिल्लो समय हतार विनाका गम्भीर त्रुटीहरू गरिरहेको छ ।

सूचना सार्वजनिकीरणमा गम्भीर त्रुटिहरू देखापरेका छन् । ठेगाना, नाम, उमेर स्थानदेखि कोरोना नभएकालाई कोराना पोजेटिभ भएकालाई नेगेटिभसम्मको तथ्यांक आउनुले लापरबाही बढिरहेको देखाउँछ ।

अहिलेसम्मकै अवस्थामा कोरोनासँग जोडिएका विषयहरूमा गम्भीरताको खाचो देखिराखेको छ । सरोकारवाला निकायदेखि जिम्मेवार पक्षसम्मबाट अहिलेको अवस्थामा गम्भीरता देखिएको पाइदैन ।
केही दिन अघिदेखि मन्त्रालयले आफैले निकालेको विज्ञप्तिसमेत पटक–पटक सच्याउने र गलत सूचना लिएको आफैले पुष्टि गरिरहेको छ ।

आधिकारिक निकाय यो अवस्थासम्म आउनु हाम्रो लागि राम्रो हैन । स्वास्थ्य मन्त्रालयको गलत सूचना र तथ्यांकले धेरै व्यक्ति त्रसित हुनुपर्ने अवस्था आउनुले समाजमा ठूलो प्रभाव पार्ने पक्का हुन्छ ।

यति मात्रै हैन मन्त्रालयकै सूचनाका आधारमा स्थानीय सरकारले गरेका कतिपय पहल र कदमहरूसमेत विवादित बन्न थाल्नुले गम्भीरताको आवश्यकता झन बढिरहेको छ । दाङकै एक विषयमा मन्त्रालयले नै त्रुटि गर्दा झण्डै २० घण्टा जिल्लाबासीलाई तनाव बनायो ।

त्यस्तै पहिले संख्या बढी भएको निकालेर पछि पुनः संख्या घटाएर विज्ञप्ति जारी गर्नुले पनि पटक–पटक गल्तीहरू सम्बन्धित निकायले दोहो¥याई रहेको छ ।

एउटा मान्छेको रिपोर्ट अर्काे मान्छेलाई दिदा त्यसको सामाजिक, पारिवारिक र व्यक्तिगत क्षति कसले फिर्ता गर्छ भन्ने पनि सोचौं । यस्ता गम्भीर विषय र पक्षलाई विशेष ध्यान दिएर गम्भीरतापूर्वक गतिविधिहरू सञ्चालन गर्नुपर्ने अहिलेको उपयुक्तता हो ।

हतार गरेर भन्दा पनि बुझेर सार्वजनिक हुने विषय बढी महत्वपूर्ण, तथ्यपरक र विश्वासिला हुन्छन् । यसतर्फ सबै पक्ष निकाय जान सक्नुपर्छ ।

अहिले समाजमा सामाजिक सञ्जालले पनि ठूलो प्रभाव पारिएको छ । गलत सूचना प्रभाव सामाजिक सञ्जालबाटै नै बढी भएको छ । त्यो आम नागरिकले पत्याउँदा पनि कठिन समस्या पैदा हुन्छ ।

यस्ता खालका गतिविधिहरूलाई पनि नियमन गर्न सकौं र सामाजिक सञ्जाललाई सभ्य र तथ्य रूपमा प्रयोग गरौं भने पनि समाजमा तथ्यपरक मात्रै सन्देश जान्छ ।

अहिलेको अवस्था हावामा चल्नेभन्दा पनि गम्भीरताको आवश्यकता छ । सबै निकाय क्षेत्र र सरोकारवालाहरूले सबै सूचनाहरूलाई गम्भीरतापूर्वक लिनसकेमा मात्रै गतल कार्य र गलत सूचनाको अन्त्य हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here