- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news२० घण्टासम्मको सकस...

२० घण्टासम्मको सकस…

- Advertisement -spot_img

गोपाल शर्मा भट्टराई
दाङ, ४ जेठ । शुक्रबार बेलुका दाङमा पनि कोरोना संक्रमित फेला परे भन्ने सूचनाले सबैलाई केन्द्रित ग¥यो । सूचना अनुसारको तथ्यांकमा तलमाथि भइराख्यो, बुझाई अनुसार दुईदेखि पाँचजना सम्मको संख्या सार्वजनिक हुँदै गयो । बास्तविक तथ्यांक तीनजनाको थियो ।
दुईजनाको सहजै पहिचान भयो । उनीहरूलाई राति नै कोरोना विशेष अस्पतालमा भर्ना गरियो । एकजनाको पहिचानमा सरोकारवाला निकायलाई सकस नै भयो । पहिचान गर्न मात्रै करिब २० घण्टा लाग्यो । अन्त्यमा शनिबार बेलुका मात्रै यसको बास्तविकता पत्ता लाग्यो । तुलसीपुर–४ का स्थानीय भनेर ।
झण्डै २० घण्टासम्मको जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सकस मेटियो । स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचनाले तुलसीपुरका नगर प्रमुखलाई समेत आलोचित बनायो । स्थानीय स्वास्थ्यकर्मीको सक्रियताले पहिचान भयो । मन्त्रालयले भने बेलुकासम्म शान्तिनगर गाउँपालिका–५ भनिरहेको थियो ।
शुक्रबार बेलुका सार्वजनिक भएको सूचनाअनुसार तुलसीपुर उपमहानगरपालिका–७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको बास्तविक पहिचान भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर मजुवाका रहेको पुष्टी भएको छ । ३४ वर्षका उनी अर्काे एकजना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए ।
बिरामी कुरूवाको रूपमा रहेको उनलाई पिसिआर परिक्षण गरिएको थियो । हस्पिटममै उपचाररत बिरामी सात वर्षिय बालिकामाथि कोरोना पोजेटिभ देखिए पनि सम्भावित बिरामीहरूलाई पिसीआर गरिएको थियो ।
त्यसमै दाङका ती ब्यक्तिको परिक्षण कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले टेकुको ट्रमा सेन्टरको आइसोलेसन वार्डमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिए ।
हस्पिटलमा बिरामी कुरूवा तुलसीपुर–४ का ३४ वर्षिय संक्रमित भएको पुष्टी भएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
पारिवारिक सूचनाअनुसार ति व्यक्ति चैतको अन्तिम हप्ता यहाँबाट आफ्ना नातेदारको उपचारका लागि कोहलपुर हुँदै काठमाडौंको हस्पिटल पुगेको जानकारी आएको बताए । यो बीचमा उनी घरमा नआएको बुझिएको छ ।
सही सूचना प्राप्त नहुँदा स्थानीय सरकारलाई ट्रेसिङ्गको काममा कठिनाई भएको उनले बताए । यसमा स्वास्थ्य मन्त्रालय र सम्बन्धित पक्षको गम्भीर ध्यान दिन आग्रहसमेत गरेका छन् ।
पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २० घण्टा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो । दाङका यो सहित तीनजनामा कोरोना संक्रमण भेटिएको छ ।

क्वारेन्टाइनमा सातदिन

दाङका कोरोना संक्रमित दुईजना कपिलबस्तुको कृष्णनगरमा रहेको क्वारेन्टाइनमा एकसाता बसेर दाङ आएको खुलेको छ ।
बैशाख २५ गते भारतको गोरखपुर र मुम्बईबाट कृष्णनगर नाकामा पुगेका उनीहरूलाई कृण्णनगर नगरपालिकाको वडा नं १ शिवनगरको त्रिदेवी मावि विद्यालयको क्वारेन्टाइनमा एकहप्ता राखिएको थियो ।
त्यहाँबाट विना परिक्षण हप्तापछि एम्बुलेन्समा दाङ आएको गढवाका ३६ वर्षिय संक्रमितले बताए । क्वारेन्टाइनमा बस्दा र घरसम्म आउँदा पनि कुनै केही परिक्षण नगरिएको र गाउँपालिकाको क्वारेन्टाइनमा आएपछि मात्रै परिक्षण भएको बताए । उनले कपिलबस्तुकै क्वारेन्टाइनबाट आफूहरूलाई संक्रमण भएको आंशकासमेत गरे ।
दाङको गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा–५ का ३६ बर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो । तुलसीपुर–४ का स्थायी ठेगाना भएका तर काठमाडौंमा बस्दै आएका ३४ बर्षीय पुरूषमा पनि कोरोना संक्रमण देखिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा गढवाका दुईजनाको रिपोर्ट पोजेटिभ देखिएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् । भारतको मुम्बई र गोरखपुरबाट कपिलबस्तुको कृष्णनगर नाका भएर आएका थिए ।
बैशाख ३१ गते बुधबार गढवा आईपुगेका गढवा–४ का ३६ र गढवा–५ का २३ बर्षका पुरूषहरूलाई सिधै क्वारेनटाइनमा लगेर राखिएको थियो । जेठ १ गते बिहीबार स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइएको थियो ।
उनीहरू भारतको मुम्बई र गोरखपुरबाट कृष्णनगर नाकाबाट नेपाल प्रवेश गरेका थिए । सँगै आएका पाँचजनामा चारजना गढवाका र एकजना घोराहीको रहेका छन् ।
उनीहरू सँगै आएका दुईजनामा रिपोर्ट नेगेटिभ देखिएको र एकजना शनिबार मात्रै सम्पर्कमा आएका छन् ।
चारजना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । पाँचजना कृष्णनगरबाट सँगै आएको घोराहीका एकजना भने कालाकाटेबाट छुट्टिएको गढवा गाउँपालिकाका स्वास्थ्य शाखाका कृष्ण खनालले बताए ।
खनालले पोजेटिभ देखिएका दुबैजनालाई राति नै कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसन कक्षमा पठाइएको छ ।

यसरी आए दाङसम्मः संक्रमितहरू

बैशाख २५ गते हामी कृष्णनगर नाकामा आइपुगेका थियौं साइकल यात्रा गरेर । एकहप्ता कृष्णनगरको क्वारेन्टाइनमा बस्दा हामीलाई त्यहाँ अमानवीय व्यवहार गरिएको । हामीलाई भेडाबाख्रा हुले जरी सयौंको संख्यामा त्यहाँ हुलियो, कोही कता कोहि कताका थियौँ ।
क्वारेन्टाइनमा मानवीय ब्यवहार समेत गरिएन, ३६ वर्षिय संक्रमितले भने, हामी भारतबाट सुरक्षित आएका थियौं । नेपाल आइसके पछि संक्रमण भयो ।
सुरक्षित हुन नेपाल आएको संक्रमणमा परियो । उनले आफु र आफ्नो आफन्त गोरखपुरबाट साइकलमा कृष्णनगरसम्म आएको थियौँ ।
गत माघ महिनामा रोजगारीका लागि गोरखपुर काम गर्न गएका थियौं । मैले होटलमा काम गर्थे, उता लकडाउन भएपछि काम बन्द भयो । अनि घर जाऔं भनेर साइकल यात्रा गरेका हौँ ।
एक हप्ता त्रिदेवी माविको क्वारेन्टाइनमा बसेर गाउँपालिकाको व्यवस्थापनमा बैशाख ३१ गतेमात्रै कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्समा गढवा आयौं ।
कतै नपसेर हामी आउदेखि क्वारेन्टाइनमा बसेका छौं । यही हाम्रो परिक्षण भएको हो । हामी पाँचजना आएका हौं अहिले चार जनासँगै गढवाको क्वारेन्टाइनमा बसेका हौं । एकजना घोराहीको साथी हुनुहन्छ । उहाँ कालाकाटेबाट घोराही जानु भयो, हामी गढवा आयौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here