- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपालिकामा दुईसय बेडको क्वारेन्टाइन

पालिकामा दुईसय बेडको क्वारेन्टाइन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ जेठ । दाङका दश स्थानीय तहले तत्काल दुई हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने भएका छन् । जिल्लामा कोरोना संक्रमण जोखिम बढेपछि प्रत्येक स्थानीय तहले कम्तिमा दुईसय बेडको क्वारेन्टाइन निर्माण गर्ने भएका हुन् ।
कोरोना संकट व्यवस्थापन केन्द्र दाङको शनिबार बसेको बैठकले जिल्लाका दशवटै पालिकाले कम्तिमा दुई सय बेडको क्वारेन्टाईन बनाउने निर्णय भएको हो ।
साथै सबै पालिकाहरूले कोरोनाबाट बच्न सचेतनामूलक प्रचारप्रसारका कामलाई अघि बढाउने निर्णयसमेत गरेको छ । भारतबाट दाङ आउने नागरिकहरूलाई सम्बन्धित पालिकाहरूले सीमा क्षेत्रबाटै उद्धार गरी क्वारेन्टाइन ल्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
बैठकले भारतबाट दाङमा आउने व्यक्तिहरूको अनुमानित तथ्यांकसमेत तयार पारेको छ । दशवटा पालिकाका गरी ८ हजार व्यक्तिहरू आउने अनुमान गरिएको छ ।
अनुमानित तथ्यांक अनुसार घोराही उपमहानगरका १ हजार ३ सय, तुलसीपुर उपमहानगरका २ हजार, लमही नगरपालिकाका ५ सय, बंगलाचुलीका १ हजार, शान्तिनगरका ५ सय, दंगीशरणका ५ सय, बबईका १ हजार २ सय, राजपुरका ५ सय, गढवाका ५ सय र राप्ती गाउँपालिकाका १ हजार ३ सय व्यक्तिहरू भारतबाट आउने अनुमान गरिएको छ ।
साथै सीमापारीबाट आएका व्यक्तिहरूको अनिवार्य रूपमा कोरोना भए नभएको पिसिआर जाँच गर्ने गरिएको छ । जिल्लामा अहिले १७ स्थानमा गरी २ सय ८८ बेडको क्वारेन्टाइन रहेको छ ।
यसैबीच पालिकाहरूले आफ्ना पालिकामा रहेका एम्बुलेन्स सञ्चालकहरूसँग समन्वय गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने पनि निर्णय भएको छ । त्यसैगरी, विकास निर्माणका कामहरू गर्दा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्ने गराउने विषयमा विशेष ध्यान दिनुपर्ने निर्णय गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here