- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsलकडाउनमा अवैध ओसारपसार

लकडाउनमा अवैध ओसारपसार

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, ४ जेठ । कोभिड–१९ को महामारीका कारण भइरहेको लकडाउन (बन्दाबन्दी) समयमा विभिन्नखाले अवैध ओसारपसार भएको पाइएको छ । अवैध रूपमा ओसारपसार गर्ने सवारी साधनहरू पनि नियन्त्रण हुन थालेका छन् ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि परिचालित युवाहरूले कपिलवस्तु जिल्लाबाट बाख्रा ओसारपसार कार्यमा संलग्न एक ट्रकलाई नियन्त्रणमा लिएका छन् ।
कोरोना नियन्त्रण तथा रोकथाम क्रममा कोरोनाको संक्रमणले सिल गरेको कपिलवस्तु जिल्लाबाट ट्रक गढवा गाउँपालिकाको वडा नम्बर ४ बाट नम्बर ना ६ ख ६६४२ नम्बरको ट्रक राति बाख्रा बोकेर हिडेको अवस्थामा युवाहरूले नियन्त्रणमा लिएका छन् ।
गढवा गाउँपालिका वडा नम्बर २ जेठान गाउँबाट नियन्त्रणमा लिएको गढवा गाउँपालिकास्तरीय कोरोना नियन्त्रण यातायात व्यवस्थापन समितिका संयोजक रोशन धितालले बताए ।
गढवा गाउँपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण मुल समितिका उपसंयोजक सुनिल चौधरीको नेतृत्वमा निर्मल रावत, नसिम अहमद, सन्दिप अधिकारी, रोशन धिताल र बिराज गैरेसहित गएको युवाको टोलीले ट्रक नियन्त्रण लिएको थियो ।
अवैध रूपमा संक्रमित जिल्लाबाट स्थानीयलाई त्रसित पार्दै बाख्रा ओसारपसार कार्यमा संलग्न भएको खबर पाएपछि पिछा गर्दा बाख्रा लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गढवालाई बुझाएको समितिका सदस्य सन्दीप अधिकारीले बताए ।
अधिकारीले गाडी चालकसँग पास माग्दा दर्ता चलानी नम्बर केही उल्लेख नम्बर भएको बैशाख १४ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाङ काठमाडौं खाद्यान्न ढुवानी प्रयोजनको लागि आवागमन सहजताको लागि अनुरोध गरिएको पत्र रहेको उल्लेख गर्दै पत्रको दुरूपयोग गरेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी गढवालाई बुझाएका छन् ।
यसरी मन्त्रालयको पासको दुरूपयोग गर्दै बाख्रा ओसारपसारमा संलग्न सो ट्रकलाई लकडाउन अवधिभर ईलाका प्रहरीको नियन्त्रणमै राखिने र लकडाउन खुकुलो भएको अवस्थामा सम्बन्धित ट्रकवालालाई सम्पर्क गरी थप प्रक्रिया अगाडि बढाइने ईलाका प्रहरी कार्यालय गढवाका कार्यलय प्रमुख भरत सिंह राठौरले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here