- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरलकडाउन पालना गर्न स्वास्थ्यको आग्रह

लकडाउन पालना गर्न स्वास्थ्यको आग्रह

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ४ जेठ । स्वास्थ्य कार्यालय दाङले कोरोना संक्रमण हुनबाट बच्न कडाईका साथ लकडाउनको पालना गर्न अपिल गरेको छ ।
स्वास्थ्य कार्यालयले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट बच्ने पहिले उपाय नै लकडाउनको पालना भएको भन्दै सुरक्षितरूपमा घरमै बस्न अपिल गरेको हो ।
लकडाउनको पालनामा फितलो देखिएको भन्दै कार्यालय प्रमुख सुनिता पौडेलले स्वास्थ्यकर्मीको सुझाव र सरकारको निर्देशनलाई कडाईका साथ पालना गर्न आग्रह गरिन् । विज्ञप्तिमार्फत पौडेलले दाङमा समेत कोरोना संक्रमण देखिएकाले अनुशासित र विशेष सावधानी अपनाउनुको विकल्प नभएको बताईन् ।
लकडाउनको पूर्णपालना गर्न, जिल्ला बाहिरबाट आउने व्यक्तिहरू अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, संक्रमित व्यक्तिको सम्पर्कमा नजाने र बाहिरी क्षेत्रबाट आउनेले अनिवार्यरूपमा कोरोना जाँच गराउन विज्ञप्तिमा आग्रह गरिएको छ । साथै कोही पनि व्यक्तिहरू बाहिरी जिल्ला र देशबाट आए अनिवार्यरूपमा क्वारेन्टाइनमा जाने वातावरणको व्यवस्था मिलाउनसमेत स्थानीय सरकारहरूलाई अनुरोध गरिएको छ ।
सवारी पास रद्द
तुलसीपुर, ३ जेठ । दाङमा जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै सवारी पासहरू रद्द भएका छन् । प्रशासनले शनिबारदेखि सबै सवारी पास रद्द गरेको हो ।
कोरोना संक्रमण फैलिदै गएपछि गृह मन्त्रालयले प्रशासनबाट जारी भएका सवारी पास र अन्तरजिल्ला प्रवेशको पासहरू रद्द गर्ने निर्देशन दिएसँगै शनिबार सबै पासहरू रद्द भएका हुन् ।
लकडाउन अवधिभरका लागि प्रशासन कार्यालयबाट लिईएका सबै पासहरू रद्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
आन्तरिक आवागमन र अन्तर जिल्ला प्रवेशमा प्रशासनले दिएको सवारी साधन सञ्चालन अनुमति पास रद्द भएको उनको भनाइ छ । तर अत्यावश्यक कामका लागि भने प्रशासनले पासको व्यवस्था गर्नेछ ।
प्रशासनले लकडाउनको समय आफू सुरक्षित हुने ढंगले बुझ्न जरूरी रहेको बताए । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सबै घरमा बस्नुको विकल्प नभएको भन्दै लकडाउनको पालना गर्न नागरिकहरूलाई अपिलसमेत गरेका छन् ।
पछिल्लो समय लकडाउन केही खुकुलो बन्दै गएपछि सवारीका साधनको चाप बढेको थियो । दाङमा पनि कोरोना संक्रमित देखिएपछि स्थानीय प्रहरी प्रशासन र स्थानीय तहहरूले लकडाउन पालना गर्नतर्फ सबै नागरिकहरूलाई अपिल गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here