- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयलकडाउनमा फोन परामर्श

लकडाउनमा फोन परामर्श

- Advertisement -spot_img

सम्पादकीय
विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाल पनि लकडाउनमा छ । लकडाउन अर्थात् बन्दाबन्दीको भण्डै २ महिना पुग्न लाग्दा जनजीवन कष्टकर बन्दै गएको छ । लकडाउन कारण गर्भवती महिला र बालबालिका पनि समस्यामा परेका छन् ।
गर्भावस्थामा लिनुपर्ने परामर्श लिन समस्या परिरहेको समयमा दाङमा भने सुनौलो हजार दिनका आमालाई फोनबाटै परामर्श दिन थालिएको छ । गर्भावस्थादेखि दुई वर्ष नपुगुन्जेल अर्थात् सुनौलो हजार दिनमा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा आमालाई परामर्श दिन थालेपछि सहजता थपि दिएको छ ।
र्भावस्था र सुत्केरी अवस्थामा आउन सक्ने समस्यालाई फोनबाटै परामर्श दिन थालेपछि आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
फोन परामर्शमा कोरोनाको संक्रमणबाट बच्नका लागि पनि सुझाउने गर्नु अति उत्तम हो । परामर्शमा त्यो अवस्था देखिएको हो । यसले गर्दा पनि गर्भवती, सुत्केरी आमा र बच्चाको स्वास्थ्यबारेमा जानकार हुनेछन् । आउने समस्याको समाधान गर्न सकिने भएको छ ।
लकडाउनमा बाहिर निस्कदा आमा र बच्चामा समस्या आउन सक्ने जोखिमलाई मध्यनजर गरी फोनबाटै दिने गरिएको परामर्श प्रभावकारी बन्दै जाने अपेक्षा हुनु स्वभाविक छ ।
फोनबाटै आमा र बच्चाको स्वास्थ्य स्थिति, खाद्यवस्तुको उपलब्धता, ज्वरो, खोकी लगायतबारे परामर्श गर्ने त झनै कठिन छ ।
यस्तो कठिन परिस्थितिमा पनि सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र समस्या समाधानका उपायका बारेमा सिकाउने कुरालाई प्रभावकारी बनाउन स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।
अहिले देखिएको कठिन परिस्थितिमा नागरिक कोरोनाका कारणले भन्दा पनि अन्य रोगले मर्ने चिन्ता छ, चिन्ता हुनु स्वाभाविक पनि छ ।
यस्तो अवस्थामा घरमै फोनमार्फत दिने गरिएको परामर्श पनि प्रभावकारी हुने देखिन्छ । भोलिको सुन्दर नेपाल निर्माण गर्नका लागि आजका बालबालिकाको स्वास्थ्य राम्रो हुन जरूरी छ । उनीहरूलाई गर्भावस्थादेखि नै पोषणयुक्त खानेकुरादेखि गर्भावस्थामा लिनुपर्ने स्वास्थ्य परामर्श एउटा गैरसरकारी संस्थाले गरेको छ ।
भनिन्छ एक हातले ताली बज्दैन्, अर्थात् अहिलेको कठिन परिस्थितिस“ग सामना गर्नका लागि विभिन्न चुनौतीलाई पार गर्नुपर्ने देखिन्छ । यस्तो स्थितिमा गर्भवती आमा र सुत्केरी आमाले सही खानपिन, समयमै उपचार पाउन नसके आमा र बच्चाको स्वास्थ्य नै धरापमा पर्न सक्ने हुन्छ ।
त्यसकारण पनि उनीहरूको हेरचाहमा परिवारदेखि सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले विशेष ध्यान दिनु आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here