- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-news२० घण्टाको सकसपछि पत्ता लागे वास्तविक कोरोना संक्रमित

२० घण्टाको सकसपछि पत्ता लागे वास्तविक कोरोना संक्रमित

- Advertisement -spot_img

तुलसीपुर ४ का रहेछन् संक्रमित व्यक्ति

तुलसीपुर, ३ जेठ ।
दाङका एकजना संक्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ ।
स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना संक्रमित एकजना बिरामी खोज्न सकस भएको थियो ।

शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका–७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको वास्तविक पहिचान भएको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर मजुवाका रहेको पुष्टी भएको छ । ३४ वर्षका उनी अर्काे एकजना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगंजमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनलाई पिसिआर परिक्षण गरिएको थियो ।

परिक्षण कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले शुक्रराज ट्रमा सेन्टर टेकुको आइसुलेसन वार्ड कक्षमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिए । पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २४ घण्डा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो ।

दाङका यो सहित तीनजनामा कोरोना संक्रमण भेटिएको छ । गढवा गाउँपालिकाका दुईजना र तुलसीपुरको एकजना संक्रमित भएका छन् । गढवाको दुईजनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here