- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsनीति तथा कार्यक्रम सार्वजनिक

नीति तथा कार्यक्रम सार्वजनिक

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ३ जेठ । आर्थिक वर्ष ०७७/७८ का लागि नेपाल सरकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
राष्ट्रपतिले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमको सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।
उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न कटिवद्ध रहेको पनि बताइन् ।
राष्ट्रपति भण्डारीले कोरोनाभाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिइन् ।
समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उनले स्पष्ट पारिन ।
उनले सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड–१९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको बताइन् ।
उनले भनिन् ‘सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनःउत्थान हुनेछन् ।’

खनिज पदार्थ प्रयोगमा उच्च प्राथमिकता

सरकारले खनिज पदार्थ अन्वेषण तथा प्रयोगमा उच्च प्राथमिकता दिने भएको छ । देशभर रहेका खनिज पदार्थ अन्वेषण तथा प्रयोगमा सरकारले ध्यान दिने नीति तथा कार्यक्रममा जनाइएको छ ।
संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षमा खनिज पदार्थ अन्वेषण र प्रयोगमा सरकारले प्राथमिकता दिने बताएकी हुन् ।
सरकारले गत आर्थिक वर्षदेखि नवलपुरको धौवादी फलाम खानी अन्वेषण प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै सम्भावित क्षेत्र पहिचान गर्दै सरकारले तामा खानी, पेट्रोलियम पदार्थ अन्वेषण प्रक्रिया अघि बढाइसकेको छ । चालु आर्थिक वर्षमै नवलपुरको होप्से गाउँपालिकास्थित धौवादी फलाम खानी उत्खनन् गर्न सम्भाव्यता अध्ययन भइरहेको छ ।
फलाम खानी उत्खनन् गर्न सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गरी उत्खनन् प्रक्रिया अघि बढाएको छ । आउँदो आर्थिक वर्षमा सरकारले सम्भाव्यता अध्ययन पश्चात् नपलपुरमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
केन्द्र सरकार, प्रदेश र स्थानीय तहको गरी ५८ प्रतिशत र ४५ प्रतिशत निजी क्षेत्रको सहभागितामा कम्पनी स्थापना भएको हो ।
कम्पनी सञ्चालन गर्न प्रदेश र स्थानीय तहसमेत उत्साहित देखिएका छन् । सरकारले यसै आर्थिक वर्षमा कम्पनी स्थापना गरेको हो । फलाम खानी सम्भाव्यता अध्ययन गर्न सरकारले चालु आर्थिक वर्ष ५ करोड बजेट विनियोजन गरेको छ । आउँदो वर्ष बजेट बढाउने सरकारको तयारी छ ।
सरकारले चालू आर्थिक वर्षमा रोजगारी र उत्पादनमा उच्च प्राथमिकता दिने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) ले आन्तरिक रोजगारी गुमाएका, वैदेशिक रोजगारीबाट फर्केका र श्रम बजारमा आउने सबैलाई समेट्ने गरी रोजगारीका कार्यक्रम ल्याउने भएको हो ।
बेरोजगारलाई व्यवसायिक कृषि, उत्पादनमूलक, निर्माण, सेवा तथा पूर्वाधार क्षेत्रमा स्थानीयस्तरमै व्यापकरूपमा रोजगारी सिर्जना गर्ने भएको छ । सीप र क्षमताको उपयोग गर्न बेरोजगारको व्यक्तिगत विवरण समेट्ने गरी श्रम सूचना बैंक स्थापना गरिनेछ ।
सीपयुक्त र दक्ष श्रमिक उत्पादन गर्न सीप तथा विकास सम्बन्धी सबै कार्यक्रम एकीकृत गरिने भएको छ । त्यस्तै छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गर्ने सरकारको तयारी छ ।
वैदेशिक रोजगारीबाट फर्केकालाई सीप पहिचान गरी उद्यमी बनाउन आर्थिक सहयोग गर्ने सरकारले नीति ल्याएको छ ।
\व्यापक रोजगारीका अवसर सिर्जना गर्नुका साथै उद्यम, व्यवसाय गर्न क्षमता विकास गर्न सरकारले ध्यान दिने भएको छ । गरीबी मापन गर्दै त्यस्ता व्यक्तिहरूलाई रोजगारीको व्यवस्था गरी आयआर्जन बढाउने उल्लेख छ ।
शिक्षित बेरोजगार युवालाई परियोजनाको आधारमा सम्भव आफूले अध्ययन गरेको शिक्षासम्बन्धी उद्यम र व्यवसायमा लगाउने सरकारले योजना अघि सारेको छ ।
युवालाई उद्यमशील बनाउन आकर्षक प्याकेज ल्याउने सरकारको नीति छ । विषषयगत जनशक्ति उत्पादन गर्दै रोजगारी र उत्पादन बढाउने सरकारको नीतिमा उल्लेख छ ।
दक्ष श्रमिक, कामको सम्मान, र स्वरोजगारमा सरकारले विशेष जोड दिने भएको छ । उद्यमशीलता सम्बन्धित सञ्चालित कार्यक्रम पुनर्संरचना गरी सबै प्रदेशमा लागू गर्ने सरकारको योजना छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारले नीति लिएको छ । यसबाट सरकारले व्यापक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना र रोजगार सूचना प्रणाली थप व्यवस्थित गर्ने भएको छ ।
रोजगारदाता र श्रमिकसँग असल श्रम सम्बन्ध स्थापना गर्न, श्रम अडिटलाई थप व्यवस्थित र श्रम शोषण अन्त्य गरिने राष्ट्रपति भण्डारीले बताइन् ।
त्यस्तै सबै नागरिकको जीवन सुरक्षित बनाउन सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम एकीकृतरूपमा सञ्चालन गर्ने भएको छ । योगदानमा आधारिक सामाजिक सुरक्षालाई थप व्यवस्थित गरी अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका सबैलाई आवद्व गर्ने सरकारले योजना बनाएको छ ।
श्रम गर्न नसक्नेलाई सामाजिक संरक्षण दिने सरकारले योजना बनाएको छ । सरकारले कोभिड–१९ बाट झण्डै २५ लाखको रोजगारी सिर्जना गर्नुपर्ने बाध्यतामा छ ।
५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाएर आउने आर्थिक वर्षमा साढे ११ अर्बको बनाउने सरकारको तयारी छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाएर बेरोजगार समस्या हल गर्ने योजना बनाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्केका तथा वैदेशिक रोजगारीमा जान नपाएकालाई साउनदेखि नै रोजगारी दिने योजना बनाएको हो ।
सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पु¥याउने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।
बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र आधुनिक प्रयोगशाला निर्माण गर्ने घोषणा गरेकी हुन् । सँगै शिक्षा क्षेत्रमा सरकारले विभिन्न नयाँ योजना ल्याएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here