- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरबाँकेका संक्रमितको दाङमा उपचार

बाँकेका संक्रमितको दाङमा उपचार

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३ जेठ ।

बाँकेबाट आठजना कोरोना संक्रमित व्यक्तिहरूलाई उपचारका लागि दाङमा ल्याइएको छ । दाङमा स्थापना भएको कोरोना विशेष अस्पतालमा उनीहरूलाई उपचार सुरू गरिएको छ ।

शुक्रबार नरैनापुर गाउँपालिकामा भेटिएका नयाँ आठजना संक्रमितलाई बाँकेबाट ै एम्बुलेन्सबाट दाङको बेलझुण्डी रहेको कोरोना विशेष अस्पतलामा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए ।

बाँकेका आइसोलेसन बेडको अभावका कारण बाँकेबाट बिरामीहरू दाङको कोरोना विशेष अस्पतालमा ल्याएको जनाइएको छ ।

बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ वटा आइसोलेसन बेड मात्रै छन् । त्यो यसअघि नै भरिसकेको छ । आइसोलेनस बेडको अभावका कारण बिरामीलाई बाँकेबाट दाङ ल्याउन थालिएको हो ।

यसअघि बर्दियाबाट बेलझुण्डी ल्याउन खोज्दा विरोध भएको थियो । त्यसपछि बाँकेको खजुरास्थित कोरोनाविशेष अस्पतलामै ती बालिकालाई राखेर उपचार गरी सुरू गरिएको छ ।

जिल्ला बाहिरका बिरामी आउने हल्लापछि स्थानीयले समेत त्यसको विरोध गरे पनि प्रदेश सरकारले नै प्रदेशभित्रका बिरामीहरूलाई बेल्झुण्डीमा उपचारका लागि ल्याउन सक्ने निर्णय गरेको थियो ।

त्यो निर्णयपछि बाँकेका आठजना बिरामीलाई सहजै रूपमा दाङ ल्याइएको हो । दाङमा एक सय बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here