- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसाहित्यसत्कर्ममा हामी चलमलाउ

सत्कर्ममा हामी चलमलाउ

- Advertisement -spot_img

धर्मपाल बस्नेत

कविता …

कोरोनासँग किन डराउँछौ
कोरोनालाई टाढा भगाउ
जब साथै छन् हाम्रा भगवान
सत्यमार्गमा चलमलाउ ।
अब हामीलाई घरमै रहनुछ,
बाहिर हामी नजाउ
नजानु छ सबलाई यहाँ
सम्झाउ तिमी मास्क अवश्य लगाउ ।
नमस्कार सबलाई गरन तिमी,
तर हात नमिलाउ

कोरोनासँग किन डराउँछौ
कोरोनालाई टाढा भगाउ ।
घरबाट टाढा गएपछि
दुई मिटर तिमी टाढा रहनु
बारबार हात धुनु
तर मुखमा हात नलाउनु ।
लकडाउनको पालना गर्नु
जीवनलाई अवश्य बचाउनु

कोरोनासँत किन डराउँछौं
कोरोनालाई टाढा भगाउ ।
जब साथ छ हाम्रो भगवान
सत्यमार्गमा हामी चलमलाउ ।
जीवन सुखी बन्छ
सबलाई विश्वास दिलाउ
प्रेमसँगै बाँच्नु छ, घृणा नफैलाउ ।
हामी सबै भाइ–भाइ मिलेर बाँच्नु छ
नयाँ उज्यालो छर्नु छ
यही सबैलाई आशीर्वाद छ ।
कोरोनासँग किन डराउँछौ
कोरोनालाई टाढा भगाउ
जब साथै छन् हाम्रा भगवान
सत्यमार्गमा चलमलाउ ।

दंगीशरण गाउँपालिका–१ गोल्टाकुरी, दाङ
हालः नयाँ दिल्ली भारत

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here