- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरप्रदेश ५ का किसानलाई विषेश कार्यक्रम

प्रदेश ५ का किसानलाई विषेश कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ३ जेठ ।

प्रदेश नं. ५ सरकारले कोरोनाबाट प्रभावित किसानलाई राहत प्रदान गर्न विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि ५१ करोड १४ लाख तय गरिएको र साउन मसान्तसम्म खर्च गर्ने सरकारको लक्ष्य छ ।

कृषि कार्यक्रमअन्तर्गत कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाख, बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रूपैयाँ छुट्याइएको भूमि व्यवस्था कृषि सहकारी मन्त्री आरती पौडेलले जानकारी दिइन् ।

किसानले कम्तीमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गर्नुपर्ने र प्रतिरोपनी ६ हजार रूपैयाँको दरले अनुदान पाउने छन् । प्रदेश सरकारले व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमका लागि १४ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।

दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रूकुम जिल्लामा सञ्चालन हुने उक्त कार्यक्रममा कम्तीमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने सर्त तोकिएको छ । मल र बीउका लागि प्रतिरोपनी ५ हजार रूपैयाँका दरले अनुदान दिइने यो कार्यक्रमबाट ७ हजार कृषक लाभान्वित हुने प्रदेश सरकारको लक्ष्य छ ।

त्यसैगरी, विदेशबाट फर्केका र व्यवसायिक खेतीउन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख रूपैयाँको व्यवस्था गरिएको छ । यो कार्यक्रम प्रदेशका सबै स्थानीय तहकामा सञ्चालन हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here