- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsकाँग्रेसका नेता बस्नेतको निधन

काँग्रेसका नेता बस्नेतको निधन

- Advertisement -spot_img

तुलसीपुर, २ जेठ ।
नेपाली काँग्रेसका क्रियाशील नेता तेजबहादुर बस्नेतको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित बस्नेतको ६७ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
पार्टीका त्यागी नेताका रुपमा चिनिएका बस्नेतको शुक्रबार बिहान ७ बजे निधन भएको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।

तुलसीपुर निवासी बस्नेत मृगौलाको नियमित डायलासिसका लागि काठमाडौंमा बस्दै आएका थिए ।
वि.सं २०२८ सालदेखि नेपाली राजनीति क्षेत्रमा क्रियाशील रहेका नेता बस्नेत काँग्रेस वृत्तमा त्यागी नेताका रुपमा चिनिदै आएका थिए । बस्नेत वर्तमान काँग्रेसको महासमिति सदस्य र पूर्व क्षेत्रीय सभापतिसमेत भएका थिए ।

वि.सं ०६२÷६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका बस्नेतले सांसद र मेयरमा पटक–पटक इच्छा व्यक्त गरेपनि अवसर प्राप्त गर्न सकेनन् । अवसर नपाउँदा पनि अविचलित रुपमा पार्टीमा लागेका बस्नेतको पार्टीभित्र अहिले पनि असल र त्यागी नेताका रुपमा चर्चा हुने गरेको छ ।

बस्नेतको शवलाई आज बेलुका ६ बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पार्टीका क्षेत्रीय सभापति जगत खड्काले बताए । बस्नेतको पार्थिव शरीरलाई आजै शितलपुरको घाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी रहेको सभापति खड्काले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here