- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsकिन जान्छ झ्याप्प–झ्याप्प बत्ती

किन जान्छ झ्याप्प–झ्याप्प बत्ती

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २ जेठ ।

बिहीबार बिहान ९ देखि ११ बजेसम्म ५० पटकभन्दा बढी बत्ती जाने आउने ग¥यो । २–३ मिनेटकै अन्तरमा झ्याप्प–झ्याप आउने जाने गरेको तुलसीपुरको विद्युतले उपभोक्तालाई हैरानै बनायो । तुलसीपुर क्षेत्रमा केही दिन यतादेखि विद्युत लाइनको वास्तविक अवस्था यस्तै रहेको छ ।

रूटिन तय गरे जस्तै गरेर जाने विद्युतले बिहान र बेलुकामा उपभोक्ताहरूलाई बढी नै सास्ती दिने गरेको गुनासो बढेको छ । पटक–पटक दाङमा विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ उपभोक्ता लक्ष्मण धितालले भने, जति भन्दा पनि यो अवस्था सुध्रिएको छैन ।

विद्युत कार्यालयले भने प्राविधिक र कर्मचारी अभाव हँुदा व्यवस्थापकीय समस्या भइरहेको बताएको छ । ‘हामीसँग जनशक्ति पनि कम छ, मौसमले पनि साथ दिएको छैन,

अरू प्राविधिक कारणले पनि केही समस्या हँुदा अहिले यस्तो अवस्था आइरहेको छ’ विद्युत प्राधिकरण तुलसीपुर केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले भने, ‘यसलाई हामीले सुधार गर्ने प्रयास गरिरहेका छांै । विभिन्न स्थानका सवस्टेशन तथा प्रसार लाइनमा समस्या आउँदा सहजरूपमा विद्युत आपूर्ति हुन नसकेको हो ।’

कार्यालले तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर र दंगीशरण, सल्यान, रूकुम पूर्व, रूकुम पश्चिम र रोल्पामा विद्युत आपूर्ति गर्दै आएको छ । कुनै एकक्षेत्रमा मात्रै पनि सानो समस्या आयो भने प्रसारणमा समस्या हुने गरेको प्राधिकरण वितरण केन्द्र प्रमुख लामिछानेले जानकारी दिए ।

मौसमी प्रभावका कारण सहजरूपमा विद्युत आपूर्ति हुन नसकेको लामिछानेको भनाइ छ । दाङसहित सल्यान, रोल्पा, पश्चिम रूकुम र पूर्वी रूकुममा एउटै प्रसारण लाइनमार्फत विद्युत आपूर्ति गरिने भएकाले पहाडी भेगमा आउने समस्याले दाङलाई समेत प्रत्यक्ष असर पुग्ने भएकाले विद्युत नियमित हुन नसकेको उनले बताए ।

यो समयमा मौसम परिवर्तन भईरहने भएकाले विद्युत प्रसारणमा थप समस्या हुने गरेको छ भने, कुनै समयमा घाम लाग्ने, कुनै समयमा पानी पर्ने र हावाहुरी लाग्ने भएकाले एउटै रफ्तारमा विद्युत जान सक्दैन अनि अनियमितको समस्या हुन्छ ।

‘घाम लाग्दा सोहीअनुसारको विद्युत भोल्टेज प्रवाह गर्ने र पानी पर्दा सोहि अनुसारको भोल्टेज प्रवाह गर्ने गर्नुपर्दछ’ उनले भने– ‘तर जुनसुकै समयमा पनि मौसम परिर्वतन भईरहने भएकाले तार सर्ट हुने, सिस्टम बिग्रिने, ट्रान्सर्फमर जल्ने लगायतका समस्या भइरहेका छन् ।’

‘हापुरे सबस्टेशन च्याटीखोलामा केही समस्या देखियो भने दाङसहितमा पाँच जिल्ला अन्धकार नै हुन्छ’ उनले भने, ‘झिपिक–झिपिकको समस्या पनि उतैको हो ।

अहिलेसम्म पेट्रोलिङ टेक्नोलोजी छैन’ उनले भने– ‘जसका कारण विद्युत प्रसारणमा आउने समस्यालाई छिटो र प्रभावकारी ढंगले समाधान गर्न कठिन बनेको छ, तत्काल रेस्पोन्स गर्न सकिएको छैन’ उनले भने, ‘यो तुलसीपुर क्षेत्रको मात्र नभई समग्र देशकै समस्या हो ।’

बारम्बार हुने विद्युत अनियमिततालाई कम गर्नका लागि प्राधिकरणले अहिले पिन ईन्सुलेटर मार्फत समस्या कहाँ छ ? कुन ठाउँमा टुक्रेको छ , तार काटिएको छ वा छैन भनी पत्ता लगाउने गरेको छ, उनले भने ।

मौसमी प्रभावका कारण हुने समस्यालाई भने प्राधिकरणले घटनास्थलमै पुगेर मर्मत सम्भार गरी विद्युत आपूर्ति गर्दै आएको उनले बताए ।

यस्तै ठूला गाडीहरूले बिजुलीको पोललाई छोएर गुड्ने, बिजुलीको पोल हान्ने भएकाले तार काटिने हुँदा विद्युत प्रसारणमा समस्या आएको बताए । विद्युत प्रसारण बिग्रिएको ठाउँमा पुग्नका लागि समय लाग्ने भएकाले मर्मत कार्य ढिला हुने गरेको छ ।

लकडाउनका कारण कामदार र आवश्यक उपकरणहरूको व्यवस्थापन गर्न नसक्दा सामान्य बत्ती बनाउने काम मात्र भएको उनले बताए । तुलसीपुर केन्द्रअन्तर्गत तुलसीपुर उपमहानगरका १ देखि १५ नं. वडामा विद्युत लाइन प्रसारण भइरहेको छ ।

काम गर्ने कर्मचारी घट्नु, सेवा क्षेत्र बढ्दै जानु, पुराना गाडीमोटर र विद्युत प्रसारण लाइन पुरानो हुनुलगायतका समस्याले गर्दा काममा समस्या भइरहेको प्रमुख लामिछानेले बताए ।

लकडाउनको समयमा विद्युत महशुल संकलन नहुँदा आवश्यक सामग्री र कार्यालय व्यवस्थापनमा ठूलो असर पुगेको बताए । अहिले कार्यालयले विद्युत महसुल बुझ्न सुरू गरेको छ ।

महसुल बुझ्न सुरू गरे पनि व्यवस्थापनमा भने समस्या देखिएको उपभोक्ताहरूले बताएका छन् । उपभोक्ता विजय गौतमले यो महामारीको अवस्थामा महसुल बुझाउने नाममा उपभोक्तालाई लाइनमा लगाउनु जायज नभएको बताए ।

भीडभाड बनाएर यो कार्य गर्न नहुने उनको तर्क छ । कार्यालयले भने सबै उपभोक्तालाई इसेवाबाट भुक्तानी गर्न भने पनि कार्यालयमै आउने गरेको बताए ।

कार्यालय प्रमुख लामिछानेले फागुन महिनाकै बराबर बैशाखसम्मको महसुल लिइएको बताए । उनले यो अवधिमा कुनै पनि जरिवाना नलाग्ने र जेठ पहिलो सातादेखि नियमित रूपमा मिटर रिडिङ गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here