- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsबारीमै कुहियो तरकारी

बारीमै कुहियो तरकारी

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, २ जेठ ।

कोरोना प्रभावका कारण शुरू भएको लकडाउनका कारण तरकारी किसानहरू मारमा परेका छन् । लकडाउनका कारण बजार नपाएपछि सल्यानका किसानहरूले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ आँपखोलीका टोप बहादुर बुढाक्षेत्रीको तरकारी बारीमै छ । लकडाउन यता उनले न तरकारी टिप्न पाएका छन्, न टिपेको तरकारी बेच्न नै ।

बुढाक्षेत्री मात्र होइन, विष्णु आँपखोली ताजा तरकारी उत्पादन समूहले ४० रोपनीमा खेतमा लगाएको काक्रा, सिमी, बन्दा, टमाटर बारीमै कुहिएका छन् । समूहका उपाध्यक्षसमेत रहेका बुढाक्षेत्रीले अब कुहिएको तरकारीहरू गाई भैसीलाई खुवाउने र काक्रो सडकमा फाल्नु विकल्प नरहेको उनले बताए ।

बारीमै बन्दागोभी सुक्न थालेको अवस्था छ भने टमाटर विरूवा औषधि नहुँदा कुहिन लागेको छ काक्रो पनि पाकेर पहेंलो भैसकेको छ ।

बुढाक्षेत्री तरकारी बारीको एक छेउमा तरकारी किन्न आउँछन् कि भन्ने आशामा नै बित्ने गर्छ । ‘गत वर्षको यही सिजनमा मैले तरकारी, काक्रा बेचेर २ लाखसम्म आम्दानी गर्थे’ बुढाक्षेत्रीले दुखेसो पोख्दै भने । तरकारी बेच्नको लागि बारीमै गएर व्यापारी तरकारी लिएर आउँथे । अहिले सुनसान छ ।
‘बन्दाबन्दी भएदेखि नै तरकारीको राम्रो व्यापार भएको छैन’ बुढाक्षेत्रीले बेच्नको लागि राखिएको तरकारी देखाउदै भने ‘तरकारी लिन कोही आउँदैनन् ।’ गत वर्षको यो समयमा सबै तरकारी बारीबाट नै बेचेर सकिने गरेको उनले बताए ।

‘तरकारी सबै सुकेर ओइलाउन लागिसक्यो’ अर्का कृषक लोकबहादुर बिसीले भने ‘फाटफुट रूपमा मात्रै थोरै मात्रामा तरकारी लिन आउनुहुन्छ, सस्तोमा बेच्नुपरेको छ ।’

बन्दाबन्दी भएदेखि कुनै पनि व्यापारीहरू तरकारी लिन नआएको बताए । ‘यहाँ उत्पादन भएका तरकारी जिल्ला बाहिरसमेत जाने गरेको थियो, बन्दाबन्दीको कारण धेरै मानिसहरूको आवतजावत नहँुदा सबै बिक्री नहुने उनले बताए । ‘तरकारी टिपेको अर्को दिनसम्म रहन्न, गर्मी समय छ, कुहिन्छ, ओइलिएर खानै नमिल्ने हुन्छ’ उनले भने ।

बनगाड कुपिण्डे नगरपालिका– ४, ६ र ११ नम्बर वडाका किसानको दैनिकी पनि फेरिएको छ । तरकारी बिक्री गरेर दैनिकी चलाउने कृषक परिवार लकडाउनका कारण समस्यामा परेका छन् । अधिकांशको तरकारी बारीमै थन्किएको छ ।

बारीको तरकारी क्रमशः खानका लागि अयोग्य बन्दै गएकको बुढाक्षेत्री गुनासो छ । ‘गाउँमा तरकारी बिक्री हुँदैन, बजारका तरकारी पसल सबै बन्द छन्’ उनले भने, ‘तयार भइसकेको तरकारी टिप्न नपाउँदा बारीमै बिग्रिरहेको छ ।’

बनगाड कुपिण्डे नगरपालिका–६ आँपखोलीका अधिकांश किसानको आम्दानीको स्रोत नै ताजा तरकारी हो । अहिले किसानको बारीमा फर्सी, बन्दा, लौका, काक्रा, सिमी, टमाटर लगायत ताजा तरकारी छ ।

बनगाड कुपिण्डे नगरपालिका–६ का कलिभान रोकायले आफ्नो बारीमा लगाएको ६ सय विरूवा टमाटर, १४ सय बन्दा, १ रोपनी सिमी, १ रोपनी काक्रा बारीमा रहेको बताएका छन् ।

यस समयमा मात्र तरकारी बेचेर २ देखि ३ लाखसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले धेरै समस्या भएको बताए । आवश्यक पर्ने किटनासक औषधिसमेत नपाइने उनले बताए । तरकारी बिक्री हुने मुख्यबजार सल्लीबजार पूर्ण बन्द भएसँगै लकडाउन थपिदै जाँदा किसानहरूलाई झनै समस्या हुने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here