- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsश्रम बैंकको काम शुरु

श्रम बैंकको काम शुरु

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरूवात गरेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको काम खोसिएको भन्दै उपमहानगरपालिकाले कामका लागि खाद्यान्नको अभियान अगाडि सारेको थियो ।

श्रम बैंकमा काम गर्न इच्छुकले वडा कार्यालयमार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए ।

उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि बताए । सरसफाई, सडक निर्माण, वृक्षारोपणलगायतका विभिन्न योजनामा उनीहरूलाई काममा लगाइने गरी उपमहानगरपालिकाले कार्यविधिसमेत बनाएको प्रमुख खत्रीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here