- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमुला र रायो खेतीमा आकर्षण

मुला र रायो खेतीमा आकर्षण

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २ जेठ ।

रूकुम पश्चिममा पछिल्लो समय मुला र रायो खेतीप्रति किसानहरूको उल्लासमय बढ्दै गएको छ । पहाडी जिल्लामा अवस्थित रूकुम पश्चिमका बेसी फाँटहरूमा बीउ उत्पादनका लागि किसानहरूले मुला र रायोका खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

अहिले सानीभेरी नदीका फाँटहरूमा गहुँ खेतीभन्दा मुला र रायो खेतीतर्फ किसानहरू आकर्षण भएको सानीभेरी गाउँपालिका–९ हासिवाङका कृषक भागिराम ओलिले जानकारी दिए ।

गहुँ रोप्ने कार्तिक र मंसिर महिनामा मुला रायो रोपिन्छ भने बैशाख महिनामा गोरूले दाही ( मिरेर ) हालेर यसको गेडा निकालिन्छ । सानीभेरी नदीको माच्मी जिउला, साधनचौर, लोरिवाङ, हासिवाङ क्षेत्रमा यसको खेती गरिन्छ ।

त्यस्तै चौरजहारी खोलागाउँ, त्रिवेणी गाउँपालिकाको पेतिखेत, नुवाकोट, मुसिकोट नगरपालिकाको झुलखेतमा विशेषगरी मुला र रायोको खेती गरिन्छ ।

यसका बाहेक जिल्लाको अन्य ठाउँहरूमा पनि बीउ उत्पादनको लागि खेती गरिने गर्दछ । मुसिकोट नगरपालिका–१३ छिवाङ चौताराका कृषक लोकेन्द्र बहादुर ओली भने ‘ठेकेदार आफैले रोप्नको लागि आवश्यक अनुसारको बीउ ल्याईदिनुहुन्छ र हामी त्यसलाई धेरै उत्पादन गर्दछौं ।’

ओलीले अहिले १ सय २० हेक्टर रोपनीमा मुलाको बीउ उत्पादन गरेको बताए । उत्पादन गरेपछि बजारको त्यति समस्या नभएको बताए ।

गत वर्ष आफूले एक लाख बराबरको मुला र रायोको बीउ बेचेर यो बर्ष गत बर्षको तुलनामा बढी खेतमा मुला लगाएको कृषक ओलीको भनाई छ । त्यस्तै मुसिकोट नगरपालिका–३ माच्मीका कृषक देवबहादुर खड्काले पनि गहुँ रोप्न छाडेर खेतमा मुला रायो रोपेका छन् । घरमा खाद्यान्न आवश्यक पर्ने जमिनमा गहुँ रोप्ने र ब्यवसायमा भने मुला, रायो खेती गरेको खड्काको भनाई छ ।

‘कृषि पेसा परिवारको आम्दानी नभई नहुने स्रोत हो’ खड्काले भने । संघ, प्रदेश र स्थानीय सरकारले आफूहरूलाई कुनै पनि किसिमको सहयोग नगरेको गुनासो व्यक्त गरे ।

आफूहरूले आफ्नै लगानीमा उत्पादन गरेको र प्रशोधन गर्नको निम्ति दाङ लग्ने गरेको बताए । प्रशोधन गर्नको निम्ति मेसिन उपलब्ध गराईदिए हामीलाई सहज हुने उनले बताए । कृषि पेसामा गहुँभन्दा मुला र रायो ब्यस्त र सहज खेती हो । रूकुम पश्चिमबाट वार्षिकरूपमा करोडौंको मुला र रायोको बीउ निकासी हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here